Prakash Adhikari April 26, 2019

यांगून(म्यानमार),१३ बैशाख । एएफसी यु–१९ महिला च्याम्पियनसिप छनौटको दोस्रो चरणको खेल अन्तरगत शुक्रबार भएको पहिलो खेलमा नेपाली चेलीहरुलाई अष्ट्रेलियाका चेलीले गोलैगोलको उपहार भिडाएका छन् ।

म्यानमारको मण्डलायस्थित मण्डला थिरी रंगशालामा दिउसो ३ १५ आरम्भ भएको खेलमा अष्ट्रेलियाले नेपाललाई ११-१ ले पराजित गर्यो ।
नेपाली टोली उच्च मनोबलको साथ प्रस्तुत भए पनि खेलको विश्व बरियतामा नेपालभन्दा माथि रहेको र शारीरिक रुपमा फिट र खेल शैलीमा नेपालभन्दा तगडा भएकोले अष्ट्रेलियाले खेलको नतिजा एकलौटी जस्तो बनायो ।

फिफाको वरियता क्रममा अष्ट्रेलिया छैठौ स्थानमा छ भने नेपाल १ सय ३ स्थानमा रहेको छ ।

अष्ट्रेलियाको जितमा टीमकी वरिष्ठ खेलाडी फाउलरले ५ गोलको बर्षा गरिन ।उनले खेल सुरुभएको चौथो, सातौं, १ औै, ३४ औं र ५४ औं मिनेटमा गोल गरेकी थिइन् ।

उनी बाहेक पहिलो हाफमा सुशन फोनसोनखामले १२ औं मिनेटमा र एम बारबेयरीले ३६ औं मिनेटमा गोल गरे भने बाँकी गोल दोस्रो हाफमा भएका थिए ।

दोस्रो हाफमा फाउलरका अतिरिक्त आर लोवेले ६७ औं मिनेटमा,के क्रसले ७८, पी रेइलीले ८५ औं र एस इभान्सले ८६ औं मिनेटमा गोल गरेका थिए ।

आफूभन्दा बलियो टीमसंग प्रतिस्पर्धा गर्दा पनि नेपाल गोलरहित भने बनेन । ९७ स्थानमाथि रहेको अष्ट्रेलियालाई नेपाली गोलको स्वाद पहिलो हाफको इन्जुरी टाइममा ४६ औं मिनेटमा चखाएकी थिइन ।

छनौट चरणतर्फ समूह ए मा रहेको नेपालले अब आयोजक म्यानमार र उज्बेकिस्तानसंग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले आइतबार उज्वेकिस्तानसंग खेल्नेछ ।

समूहको शीर्षमा रहने दुई टोली यसै बर्ष थाइल्याण्डमा हुने एएफसी यु–१९ महिला च्याम्पियनसिप लागि छनौट हुनेछन् ।

Share Now

Leave a comment.