Prakash Adhikari May 24, 2019

 

काठमाडौं, १० जेठ । आजदेखि काठमाडौँमा प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिताको आयोजना हुँदैछ ।

किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुने  प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टोलीको सहभागिता रहनेछ ।

१० टीमलाई २ समूहमा बिभाजन गरिएको छ। समूह चरणमा दुवै समूहमा रहेका टीमहरुले एकअर्कासंग १-१ खेल खेलेपछि दुवै समूहबाट उत्कृष्ट हुने २ टीम सेमीफाइनल प्रवेश गर्नेछन्।

समुह ‘ए’ अन्तर्गत प्रदेश-३, प्रदेश-५ , सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र शशस्त्र प्रहरी बल रहेका छन्। समुह ‘बी’ मा प्रदेश-१ , प्रदेश-२ , कर्णाली प्रदेश, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।

PRIME MINISTER CUP 2019 SCHEDULE

May 24, 2019 : Province-2 Vs Tribhuwan Army Club

May 25, 2019: APF Vs Province-3

May 26, 2019: Province -1 Vs Tribhuwan Army Club

May 26, 2019: Karnali Province Vs Nepal Police Club 

May 27, 2019: Armed Police Force Vs Sudur Paschim Province

May 27, 2019: Province -3 Vs Province – 5

May 28, 2019: Province-3 Vs Gandaki Province 

May 28, 2019 : Tribhuwan Army Club Vs Karnali Province

May 29, 2019: Karnali Province Vs Province-2

May 29, 2019: Nepal Police Club Vs Province – 1

May 30, 2019: Sudur Paschim Province Vs Province – 5

May 31, 2019 : Province – 1 Vs Karnali Province

May 31, 2019 : Gandaki Province Vs Armed Police Force

June 1, 2019 : Tribhuwan Army Club Vs Nepal Police Club

June 1, 2019 : Province-2 Vs Province-1

राष्ट्रिय खेलुकद परिषदले आयोजना गर्ने प्रतियोगिताको तेश्रो संस्करणमा राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले पहिलो पटक प्रतियोगिता खेल्ने भएका छन्। उनले प्रदेशको ३ को कप्तानी सम्हाल्ने छन् । सो टीममा उपकप्तानको रुपमा ज्ञानेन्द्र मल्ल रहेका छन्।

प्रदेश-३ ले आफ्नो पहिलो खेल जेठ ११ गते एपीएफसंग खेल्नेछ। दोश्रो खेल जेठ १२ गते गण्डकी प्रदेशसंग तथा तेश्रो खेल जेठ १८ गते सुदूरपश्चिम प्रदेश तथा चौथो खेल जेठ २० गते प्रदेश-५ संग खेल्नेछ ।

प्रधानमन्त्री कपको विजेताले नगद २० लाख, उपविजेताले १० लाख हात पार्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही नगद ५० हजार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा खेल हेर्न पुग्ने दर्शकले छक्का हानेको बल १ हातले समाते ५० हजार रुपैयाँ पुरस्कार दिने समेत आयोजकले घोषणा गरिसकेको छ।

Share Now

Leave a comment.