Prakash Adhikari May 26, 2019

 

न्यूयोर्क(संयुक्त राज्य अमेरिका), १२ जेठ । अमेरिकामा रहेका नेपालीहरुको साझा संगठन युनाइटेड नेप्लिज एशोसीयसन (युएनए)को चौंथो सम्मेलन न्यूयोर्कमा सुरु भएको छ ।

सम्मेलनको उदघाटनमाप्रमुख अतिथि एवं उmर्जामन्त्री तथा नेकपाका नेता बर्षमान पुनले विदेशमा सफल नेपालीलाई मातृभूमि नेपालको हितको लागि काम गर्न आग्रह गर्नुभएको थियो ।

उदघाटन कार्यक्रममा अमेरिकाको मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्सका सदस्य ह्यारी भण्डारीले अमेरिका अवसरको भूमि भएकोले अमेरिकी सपना पूरा गर्न नेपालीले पनि सक्ने तर त्यसको लागि आफूलाई सक्षम बनाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा अमेरिकाकालागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की, पूर्व सभामुख ओनसरी घर्ती, एनआरएनका निवर्तमान अध्यक्ष शेष घले तथा गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त लगायतले युएनए कन्भेन्सनको सफलताको शुभकामना दिनुभएको छ ।

कार्यक्रममा नेपाली कला,संस्कृति, भेषभुषा झल्कने विभिन्न झाँकीहरु प्रदर्शन गरिएको छ । कन्भेन्सनमा विभिन्न फोरमहरु सञ्चालन गरिएको छ ।

सम्मेलन न्युयोर्कको इष्ट एल्महस्र्टको लागुवार्डिया प्लाजा होटलमा भइरहेको छ । युएनए कन्भेन्सन अमेरिकामा बस्ने नेपालीहरुको गैर नाफामुलक संस्था हो । नेपालीहरुलाई अमेरिकी मुलधारसंग जोड्ने उद्धेश्य लिएको यो संस्थामा विभिन्न क्षेत्रका मानिसहरु आवद्ध छन ।

Share Now

Leave a comment.