Prakash Adhikari June 6, 2019

 

लण्डन(संयुक्त अधिराज्य), २३ जेठ । दक्षिण अफ्रीकालाई ६ विकेटले पराजित गर्दै भारतले जारि एकदिवसीय क्रिकेटको विश्वकपमा विजयी सुरुवात गरेको छ।

दक्षिण अफ्रिाकाले दिएको २ सय २८ रनको लक्ष्य भारतले निर्धारित ५० ओभरको खेलमा ४८ औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
भारतकालागि रोहित पौडेलले अविजित १ सय २२ रन तथा युज्भेंद्र चाहलले ४ विकेट लिंदै भारतको जितमा अहम योगदान दिए।

दक्षिण अफ्रिकासंग ४ विकेट लिने क्रममा विश्वकपमा समेत डेब्यु गरेका युज्भेंद्र चाहल विश्वकप डेब्युमा धेरै विकेट लिने भारतीय खेलाडी बन्न पुगेका छन्। मोहम्मद शामीले २०१५ मा पाकिस्तानसंग र देबासिस मोहन्तिले केन्यासंग १९९९ मा डेब्युमा ४ विकेट लिएका थिए।

भारतका महेन्द्रसिंह धोनीले ३४ , केएल राहुलले २६,कप्तान विराट कोहलीले१८ रन बनाए ।

बलिङतर्फ कागिसो रबडाले दुई विकेट लिए ।

यसअघि इंग्ल्यान्डको साउथहृयाम्पटनमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २७ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि क्रिस मोरिसले ४२ रन बनाए । कप्तान फाफ् डु प्लेसिसले ३८, एन्डिल फेहलुकवाओले ३४ र डेभिड मिलरले ३१ रन बनाए । यता, कागिसो रबडा भने ३१ रनमा अविजित रहे । त्यस्तै, रसिइ भान डेर डुसेनले २२ रन बनाए ।

दक्षिण अफ्रिकाको मध्यम स्कोर बन्नुमा क्रिस मोरिस र कागिसो रबडाले ६६ रनको साझेदारी गर्दै उकासेका थिए ।

बलिङतर्फ भारतका युजभिन्द्र चाहालले चार विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ५१ रन खर्चिएर चार विकेट लिएका थिए । त्यस्तै, जसप्रित बुमराह र भुवनेश्वर कुमारले समान २ । २ विकेट लिए ।

लगातार तेस्रो खेलमा पनि हार ब्यहोरेपछि दक्षिण अफ्रिकाको अगाडिको यात्रा निकै कठिन भएको छ ।
यसअघि दक्षिण अफ्रिका पहिलो खेलमा इंग्ल्यान्डसँग १०४ र दोस्रो खेलमा बंगलादेशसँग २१ रनले पराजित भएको थियो ।

Share Now

Leave a comment.