सांसद राजभण्डारीले २०३ वर्षदेखि नेपालीहरुले बेलायतको लागि बगाएको रगत र पसिनाको बारेमा संसदको श्रम तथा अन्तराष्टिय सम्बन्ध समितिले गरेको छानवीन रिपोर्टमा भएका सुझावहरु अध्ययन गरेर सो अनुरुप कुरा गर्न अनुरोध गर्नुभएको छ ।
सांसद राजभण्डारीले प्रधानमन्त्रीको फ्रान्स भ्रमणकाबारेमा गम्भीर प्रश्न उठाउनुभएको छ । सरकारले सरकारसंग संझौता गरेर फ्रान्सबाट एक सेक्युरिटी प्रेस र नेपालले अन्तरिक्षमा पठाउन लागेको स्याटेलाईट लिनेसम्बन्धी संझौता गर्न सक्ने आशंका गर्दै उहाँले त्यस्ता महंगा सामान ग्लोबल प्रतिस्पर्धा गराएरमात्र लिन सल्लाह दिनुभएको छ । उहाँले सरकारी अनुदार ऋणमा सबैभन्दा बढी भ्रष्टाचार हुने कुरा औल्याउदै अन्यथा प्रधानमन्त्री यो खरिदको भ्रष्टाचारमा वदनाम हुनेतर्फ पनि सजग गराउनुभयो ।
सांसद राजभण्डारीले फ्रान्सको एअरबसबाट निर्माण गरिएका दुईवटा वाईडबडी र दुईवटा न्यारोबडीका जहाजको खरिदप्रक्रियामा धेरै अनियमितता र भ्रष्टाचार भएको देखिएकोले सोको विषयमा पनि नेपालमा भएको अनुसन्धानलाई सघाउन अनुरोध गर्न फ्रान्सका प्रधानमन्त्रीलाई आग्रह गर्न पनि उहाँले सुझाव दिनुभयो ।
सांसद राजभण्डारी समेत रहेको अन्तराष्टिय सम्बन्ध समितिको वाइडबडी छानवीन उपसमितिले वाइडबडी र न्यारोबडीको खरिदमा व्यापक अनियमितता र भ्रष्टाचार भएको उल्लेख गर्दै सोमाथि थप अनुसन्धान गरि दोषिमाथि कारबाही गर्न अख्यिारलाई अनुरोध गर्ने सिफरीस मूल समितिसमक्ष गरिसकेको छ । तर हवाईमाफियाहरुले सो प्रतिवेदन छलफलमा ल्याएर टुंग्याई अख्तियारको कार्यक्षेत्रमा जान अवरोध सिर्जना गरेका छन् ।
सांसद राजभण्डारीले सरकारले हालै पारित गरेको बैदेशिक सहायता नीति संसदसमक्ष पेश नगरेको हुनाले विदेशी सहयोग,अनुदान,ऋण लिने विषयमा हतार नगर्न पनि प्रधानमन्त्रीलाई सुझाव दिनुभएको थियो ।
प्रधानमन्त्री ओली यही जेठ २६ गते स्वीट्जरल्याण्ड, फ्रान्स र बेलायतका भ्रमणमा जाँदैहुनुहुन्छ ।
काठमाडौं,२३ जेठ । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले मंगलबार प्रतिनिधिसभामा बोल्दै युरोप भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी ओलीलाई गोर्खा भर्ति, स्याटेलाईट खरिद, सेक्युरिटी प्रिन्टिड. प्रेस,श्रमिक समस्याका बारेमा महत्वपूर्ण सुझाव दिनु भएको छ ।
उहाँले आई एल ओको सम्मेलनमा सहभागी हुन जान लाग्नुभएका प्रधानमन्त्रीलाई नेपालमा वेरोजगारी हटाउने र श्रमिकहरुको कल्याण गर्ने विषयमा कुरा गर्न सल्लाह दिनुभयो भने राजिनामा दिइसकेकी प्रधानमन्त्री टेरेजा मेसंगको भेटमा नेपालको गोर्खा सैनिकका सम्बन्धमा देखिएका समस्याहरुको बारेमा कुरा गर्न आग्रह गर्नुभयो ।