Prakash Adhikari June 15, 2019

साउथम्टन(संयुक्त अधिराज्य), ३१ जेठ । आइसीसी एक दिवसीय विश्वकपमा क्रिकेटमा शुक्रबार भएको खेलमा इंग्ल्याण्डले वेष्ट इन्डिजलाई ८ विकेटले हराउदै तेस्रो जित निकालेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिज ४४ ओभर चार बलमा २ सय १२ रनमा अलआउट भयो ।

वेष्ट इण्डिजले दिएको २ सय १३ रनको लक्ष्य इंग्ल्याण्डले ३३ औं ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गर्यो ।

इंग्ल्याण्डका लागि जियो रुटले १००, जोनी वेयरिष्टोले ४५,क्रिस ओकले ४० र बेनस्टोकले १० रन बनाए ।

इंग्ल्याण्डलाई रोक्ने क्रममा वेष्ट एण्डिजका शान ग्रावियलले २ विकेट लिए ।

यस अगाडि टस हारेर ब्याटिड.को निम्तो पाएको सुरुआत राम्रो गर्न सकेन । उसका निकोलस पुरनले ६३, सिमरन हेत्मेयरले ३९,क्रिश गेलले ३६, आन्द्रे रसेलले २१,कार्लोस ब्रेथ ह्वाइटले १४, साई होपले ११, जोशन होल्डरले ९ र एभिन लेभिसले २ रनको योगदान गरे ।

बलिङमा इंल्याण्डमा जोफ्रे आर्चर र मार्क उडले समान ३।३ विकेट लिए । जियो रुटले २ तथा क्रिश ओक र लियम फ्लुकेटले १/१ विकेट लिए ।

यो जितसँगै इंग्ल्याण्डले ५ खेलमा ३ जितका साथै ६ अंकका साथ दोस्रो बनाएको छ भने वेष्ट इण्डिज ३ अंकको साथ छैठौं स्थानमा रहेको छ ।

Share Now

Leave a comment.