Prakash Adhikari June 25, 2019

 

काठमाडौं, १० असार । प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०७६र७७ को बजेट पारित भएको छ।

अर्थमन्त्री युवराज खतिवडाले प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक पारित गर्न प्रस्ताव राख्नुभएको थियो ।

सो प्रस्ताव बैठकको बहुमतले पारित गरेको हो।

सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले गत जेठ १५ गते आर्थिक वर्ष २०७६ । ७७ का लागि १३ खर्ब १५ अर्बको बजेट संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गर्नुभएको थियो ।

अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि चालुतर्फ ८ खर्ब, पूँजीगतर्फ ३ खर्ब तथा वित्तीयतर्फ १ खर्बसहित १३ खर्ब १५ अर्बको बजेट विनियोजन गर्नुभएको थियो।

मन्त्रालयगत छलफल र मन्त्रीहरूको जवाफपछि बजेट निर्णयार्थ पेश भएको थियो।

सरकारले आगामी वर्षका लागि ल्याएको बजेटको स्रोतमा ८ खर्ब ३१ अर्ब राजस्व संकलन गर्ने र २ खर्ब ५३ अर्ब अन्तर्राष्ट्रिय ऋण र ५८ अर्ब सहायताबाट व्यवस्था गर्ने उल्लेख गरिएको छ।

सरकारले १ सय ७२ अर्ब आन्तरिक ऋण परिचालन गर्ने जनाएको छ।

Share Now

Leave a comment.