Prakash Adhikari January 4, 2018

सातदोबाटो(ललितपुर), २० पौष। राखेप च्याम्पियनसिप अन्तरगत जारी १६ औं राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको बिहिबारको खेलमा विजयी बनेका सुदूरपश्चिमाञ्चल क्षेत्रीय टोली र नेपाल प्रहरीको टोली सुपर लिगको चरणमा प्रवेश गरेका छन् ।

बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा सुदुरपश्चिमाञ्चलले मध्यमाञ्चल क्षेत्रीय टिमलाई शून्यकाविरुद्ध १ गोलले पराजित गरेको थियो ।

सुदुरपश्चिमकी किरन चौधरीले गरेको एक नै खेलमा निर्णायक हुनपुगेको थियो ।

बिहीबार नै सम्पन्न अर्को खेलमा नेपाल पुलिस क्लबले पूर्वाञ्चललाई ५–० ले हरायो ।

पुलिसको जितमा निर्मला बिकले ह्याट्रिक गरेकी थिइन भने निरु थापाले दुई गोल गरिन् ।

बिहीबारको खेलसँगै समूह क बाट नेपाल पुलिस र सुदुरपश्चिमाञ्चल सुपर लिगमा प्रवेश गरेका छन् ।

यस अघि नै समूह ख बाट नेपाल आर्मी र एपीएफले सुपर लिगमा स्थान सुरक्षित गरिसकेका छन् ।

Share Now

Leave a comment.