काठमाडौं, २० पौष । विश्व क्रिकेट लिग डिभिजन टु खेल्ने प्रारम्भिक टोलीमा राष्ट्रिय टोलीमा पर्दै आएका सागर पुन, बिनोद भण्डारी र राजेश पुलामी पर्न असफल भएका छन् ।
विश्व क्रिकेट लिग डिभिजन टु का लागि बिहिबार घोषणा गरिएको नेपाली राष्ट्रिय क्रिकेट टिममा उनीहरु छुटेका हुन ।टोलीमा यु–१९ क्रिकेट टोलीका सदस्य रोहित कुमार पौडेल र अनिल कुमार साह भने पर्न सफल भएका छन् ।
रोहित र अनिल दुवैले हालै काठमाडौंमा सम्पन्न एभरेष्ट प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
प्रारम्भिक टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, शक्ति गौचन, बसन्त रेग्मी, करण केसी, सोमपाल कामी, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, किशोर महतो, दिपेश श्रेष्ठ, आरिफ शेख, दिलिपनाथ, रशिद खान, ललित भण्डारी, ललित राजवंशी, सुनिल धमला, सुशन भारी र सिद्धान्त लोहनी चयन गरिएको छ ।