Prakash Adhikari January 4, 2018

काठमार्डौ, २० पौष । यही जनवरी ७ देखि २१ गतेसम्म पाकिस्तानमा आयोजना हुने दृष्टिबिहिन नेपाली क्रिकेट टोलीलाई जाने बस्ने र आउने खर्च खेलप्रेमीहरुले चन्दा हालेर जुटाउने अवस्था सिर्जना भएको छ ।

प्लेनबाट जाने आवश्यक खर्चको अभाव झेलेको नेपाली टोली रेल र बसको यात्राबाटै पाँच दिनमा पाकिस्तान पुग्ने तयारी सहित काठमाडौंबाट पौष १८ गते त्यसतर्फ प्रस्थान गरेको थियो । तर नेपाली टोलीले यात्रा गर्नै १४६७३ नम्बरको शहिद एक्सप्रेस ट्रेन पनि छुटेपछि टोलीले बसबाट पाकिस्तानको यात्रा तय गर्दैछ । टोली प्रतियोगितास्थल निर्धारित समयमा पुग्न निकै कठिनाई हुने भएको छ ।

नेपाली टोलीले जनवरी ८ तारीखमा बंगलादेशविरुद्ध खेल्ने कार्यक्रम छ ।राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा नेपालले जनवरी ९ तारीखका दिन साविक विजेता भारतविरुद्ध खेल्नेछ । त्यस्तै १० जनवरीमा नेपाली टोली घरेलु टोली पाकिस्तानविरुद्ध उत्रिनेछ भने १३ जनवरीमा अस्ट्रेलियाको सामना गर्नेछ । १५ तारीखका दिन नेपाली टोलीले श्रीलंकासँग खेल्ने कार्यक्रम रहेको छ ।

पाकिस्तान र संयुक्त अरब इमिरेट्सले संयुक्त रुपमा आयोजना गर्ने योनेत्रहिन विश्वकप क्रिकेट प्रतियोगिता पाँचौं हो तर नेपालले यो प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउदैछ ।

नेपाली क्रिकेट टोलीलाई आवश्यक खर्च जुटाउन अहिले क्रिकेट प्रेमीहरुले सहयोग अभियान चलाएका छन् । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले ५० हजार रुपैयाँ सहयोग गर्ने बताएका छन् । त्यस्तै राष्ट्रिय खेलाडी अमृत भट्टराईले ५० हजार सहयोग गर्ने घोषणा गरेका छन् भने पूर्व खेलाडी पारस लोनियाले पनि ५० हजार दिने घोषणा गरेका छन् ।

यता, नेपाली क्रिकेट टिमका पूर्व कप्तान विनोद दासले ५ हजार नगद दिने घोषणा गरेका छन् । यु–१९ क्रिकेट टिमका मुख्य खेलाडी अनिलकुमार शाह र सोनु तामाङले ५ हजार नगद दिने घोषणा गरेका छन् ।

नेपाली क्रिकेट समर्थक समाजले ग्लोबल आइएमई बैंकमा खाता खोली दृष्टिहिन क्रिकेट टोलीलाई आर्थिक सहयोग गर्न अपिल गरेको छ । ग्लोबल आईएमई बैंकमा रहेको ०८०१०१०००१५८७ नम्बरको खातामा सहयोग गर्न सकिनेछ ।

नेपाली क्रिकेट समर्थक समाजले यो सहयोग संकलन खेलाडीलाई फर्कदा हवाईयात्रा गराउने उद्देश्यले गरिएको बताएको छ ।

Share Now

Leave a comment.