Prakash Adhikari January 5, 2018

 

काठमाडौं, २१ पौष । यही चैत्र १७ गते देखि आयोजना हुने रुस्लान धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको लागि खेलाडी दर्ता आरम्भ भएको छ ।

डिपीएल टि २० को लागि खेलाडी दर्ता बिहिबारबाट सुरु भएको छ। राष्ट्र्यि क्रिकेट टिमका उपकप्तान तथा डिपीएलकै टिम सीवाईसी अत्तरियाका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो नाम दर्ता गर्दै खेलाडी दर्ता सुरु गरेका हुन्।

खेलाडीहरुले डीपीएल डट कम डट इसेवामा आफ्नो नाम दर्ता गरेपछि ‘बार कोड’ प्राप्त गर्नेछन् जसपछि आफ्नो नाम डीपीएल अफिसियल साइटमा दर्ता गर्नुपर्नेछ। दर्ताको लागि ई(सेवा मार्फत रु। १ हजार भुक्तानी गर्नुपर्नेछ।इसेवा डिपिएलको टिकेटिड. पार्टनर हो । टिकेटिंग पार्टनर भएबापत इसेवाले खेलाडी दर्ता, टिकट वितरणको सम्पूर्ण जिम्मा लिनेछ। विहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा यस सम्बन्धी संझौतापत्रमा आयोजक र इसेवाका बीचमा हस्ताक्षर सम्पन्न भएको छ ।

पुष २० गते देखि माघ २५ गतेसम्म नाम दर्ता भएका खेलाडीहरुलाई मात्र अक्सनमा समावेश गरिनेछ। डीपीएलको अक्सन फागुन ५ गते हुने कार्यतालिका छ ।

धनगढी प्रिमियर लिगमा देशभरमा ६ शहरको प्रतिनिधित्व गर्ने टिमहरुले भाग लिनेछन्। प्रतियोगिताको बिजेताले २५ लाख रुपैयाँ पाउनेछ जुन नेपाली घरेलु क्रिकेटकै सर्बाधिक पुरस्कार राशी हो। यस्तै उपविजेताले रु। १० लाख, तेश्रो हुने टिमले रु। ३ लाख तथा चौथो हुने टिमले रु। २ लाख पुरस्कार पाउनेछ।

यस्तै प्रतियोगिताको उत्कृष्ट हुने खेलाडीले टिभीएस अपाचे १८० सिसिको मोटरसाइकल पाउनेछ भने प्रत्येक खेलको म्यान अफ द म्याचले रु। १० हजार पाउनेछ। आयोजकहरुले प्रतियोगिताको पुरस्कारको लागि मात्रै करिब ५० लाख रुपैयाँ कम्तिमा खर्च हुने बताएका छन। प्रतियोगिताको अनुमानित लागत ३ करोड रुपैयाँ रहेको छ।

प्रतियोगिताको सम्पूर्ण खेलहरु धनगढीको एसएसपी क्रिकेट मैदानमा संचालन हुनेछ। खेल हेर्न दर्शकहरुले लिग चरणमा रु। ५०, प्ले(अफ चरणमा रु। ७० तथा फाइनल खेलमा रु। १०० को टिकट काट्नुपर्नेछ।

प्रतियोगिताको लागि खेलाडी चयन अक्सन मार्फत गरिनेछ भने प्रत्येक टिमले २ जना बिदेशी खेलाडी टिममा अनिवार्य समाबेश गर्नुपर्नेछ। यस्तै सबै टिमले ट्यालेन्ट हन्ट मार्फत १(१ जना सुदूरपश्चिमान्चलका खेलाडी समाबेश गर्नेपर्नेछ। सहभागी ६ टिमले रणनीतिक खेलाडीको रुपमा १र१ खेलाडी अक्सन अगाडीनै चुन्नेछ जसले टिम चयन लगायत बिषयमा टिमलाई सहयोग गर्नेछ। रणनीतिक खेलाडीनै कप्तान हुनुपर्ने छैन।

१ रणनीतिक खेलाडी, २ विदेश खेलाडी १ ट्यालेन्ट हन्टबाट आउने खेलाडी तथा अन्य ११ खेलाडीहरु अक्सन मार्फत गरि एक टिममा १५ जना खेलाडी हुनेछन्।

दर्ता भएका खेलाडीहरुलाई ३ समूहमा वर्गीकरण गरिनेछ।

‘ए’ क्याटागरि – नेपालको लागि कम्तिमा १५ वटा अन्तर्राष्ट्रिय खेल खेलेका र कम्तिमा पछिल्लो ३ बर्षदेखि राष्ट्र्यि टिमको प्रतिनिधित्व गरेको खेलाडी ए समूहमा वर्गीकरण हुनेछन् ।

उमेर समुहको लागि नेपालको लागि खेलिसकेका र बन्दसत्रमा स्थान पाएका राष्ट्रिय खेलाडीहरु समूह बी मा रहनेछन् ।

कुनै पनि स्तरको राष्ट्र्यि टिममा नपरेका खेलाडीहरु सी समूहमा वर्गीकृत हुनेछन् ।

अक्सनमा एक टिमले ‘ए’ समूहबाट कम्तीमा २ र बढीमा ३ खेलाडीहरु ‘बी’ समूहबाट कम्तिमा ३ जना र ‘सी’ समूहबाट कम्तिमा ५ जना खेलाडीहरु लिनैपर्ने प्राबधान राखिएको छ।

बिशेष सम्मान

राष्ट्र्यि तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी भएका एक जना पूर्वखेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान पुर्याएका एक जनालाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरूप १(१ लाख रुपैयाँ प्रदान गरिने डिपीएलले घोषणा गरेको छ।

धनगढी प्रिमियर लिग टि(२० को उपाधि गत बर्ष टिम पारस खड्काको कप्तानीमा रहेका टिम चौराहा धनगढीले शरद भेसावकर कप्तानीको बिराटनगर किंग्सलाई पराजित गरेर हासिल गरेको थियो।

Share Now

Leave a comment.