वाशिङ्टन डिसी(संयुक्त राज्य अमेरिका) २१ पौष । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका पूर्वप्रमुख रणनीतिकार स्टिभ ब्याननबीचको विवाद चर्किएको छ।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसले स्टिभ ब्याननमाथि राष्ट्रपतिको मानहानि गरेको आरोप लगाएको छ।
राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाट गत अगष्टमा बर्खास्त गरिएका ब्याननले मानसिक सन्तुलन गुमाएको टिप्पणी गरेका छन् ।
चेतावनी
अमेरिकी राष्ट्रपतिका वकिलले ब्याननलाई पत्र लेख्दै उनीविरुद्ध कानुनी कारवाही खोज्ने चेतावनी दिएका छन्।
सो पत्रमा राष्ट्रपति ट्रम्पबारे भर्खरै प्रकाशित पुस्तकका लेखकसँग कुरा गर्दा ुगोप्यता कायम राख्ने सहमतिु ब्याननले भङ्ग गरेको र उनीमाथि मानहानिको आरोप लगाइएको छ।
पुस्तकमा ब्याननलाई उद्धृत गर्दै राष्ट्रपतीय निर्वाचन अभियानका बेला ट्रम्पका छोरा डोनल्ड जुनिअर र रुसीहरूको एउटा समूहबीच भएको एउटा भेटलाई ‘देशद्रोहजस्तै’ भनिएको छ।
पत्रकार माइकल उल्फको उक्त पुस्तकमा राष्ट्रपति ट्रम्प ुपदका लागि तयार नभएको, आधारभूत विषयमा पनि राम्रो जानकारी नराख्ने र उनको खिल्ली उडाइने गरेकोु उल्लेख छ।
स्पष्टीकरण
एउटा विज्ञप्तिमा राष्ट्रपति ट्रम्पले ब्याननसँग आफ्नो वा आफ्नो पदको केही सम्बन्ध नरहेको उल्लेख गरेका छन्।
ट्रम्पले रुसी अधिकारीसँग साँठगाँठ रहेको भन्ने आरोप सार्वजनिक रुपमा नै अस्वीकार गर्दै आएका छन्।
उक्त विषयमा एउटा विशेष संयन्त्रले अनुसन्धान गरिहेको छ ।
मानसिक सन्तुलन गुमाएको आरोप
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना पूर्वप्रमुख रणनीतिकार स्टिभ ब्याननको निन्दा गर्दै ह्वाइट हाउसबाट बर्खास्त गरिँदा उनले मानसिक सन्तुलन गुमाएको बताएका छन्।
हालै एउटा पुस्तकमा ब्याननलाई उद्धृत गर्दै राष्ट्रपति ट्रम्पका छोरा डोनल्ड जुनिअर र एउटा रुसी समूहबीच अमेरिकी राष्ट्रपति चुनावको अभियानका क्रममा भएको भेटवार्ता ुदेशद्रोहपूर्णु र ुमुलुकविरोधीु भएको उल्लेख गरिएको थियो।
एउटा विज्ञप्तिमा राष्ट्रपति ट्रम्पले ब्यानन ह्वाइट हाउसमा रहँदा आफूलाई महत्वपूर्ण व्यक्तिका रूपमा देखाउन सञ्चारमाध्यमहरूलाई सूचना चुहाएको बताएका छन्।
समाप्त
वाशिङटनबाट बीबीसीका एन्थोनी जर्चर भन्छन् ‘डोनल्ड ट्रम्प आंशिक रूपमा स्टिभ ब्यानन र उनको पुरातनवादी सञ्चारमाध्यम ब्राइटबार्टको काँधमा चढेर राष्ट्रपति बनेका थिए। तर अब उनीहरूसँग ट्रम्पले कसरी लडाईं गर्छन् त्यो सबैले देख्नेछन्।’
ब्याननका टिप्पणीमाथि राष्ट्रपति ट्रम्पले दिएको प्रतिक्रियाले एउटा नेता र उसको सैद्धान्तिक मार्गनिर्देशकबीचको सम्बन्ध समाप्त भइसकेको सङ्केत गर्छ।
तर ट्रम्पका आम समर्थकहरूले यसमा कसरी प्रतिक्रिया जनाउलान् ? जे जस्तो भएपनि ट्रम्पमाथि उनीहरूको लगावप्रति प्रश्न उठाउनु बुद्धिमानी हुँदैन।
लडाईंको परिणाम जे भएपनि यसलाई व्यक्तिगत रूपमा भएको ब्याननको भयानक विफलतासँग जोडेर हेरिनुपर्छ।ू
वर्षौसम्म संस्थापनविरोधी परम्परागत ‘लोकप्रियतावाद’को प्रवर्धन गरेका ब्यानन शक्तिमा पुगेका थिए ।
तर उनी अहिले सत्ताभन्दा बाहिर छन् र लामो समयदेखिका उनका प्रतिद्वन्द्वी र पूर्वसाझेदारहरूको घेराबन्दीमा परेका छन्।
राष्ट्रपति ट्रम्पले व्यापारीहरूको स्वार्थ पूर्ति गर्ने खालको करसम्बन्धी कानूनमा हालै हस्ताक्षर गरेका छन्।
त्यसबाहेक सन् २०१६ यताको महत्वपूर्ण चुनावमा अलाबामा राज्यको सिनेट सदस्यको निर्वाचनमा लाजमर्दो पराजय समेत ब्यहोरेका छन्।
सम्भवत: यी सबै कारणले ब्यानन र ट्रम्पबीचको झगडा अवश्यम्भावी थियो र यो थप चर्कने लगभग निश्चित छ।ू