ललितपुर,२१ साउन(रासस)। नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहकाे स्वास्थ्यमा सन्तोषजनक रुपमा सुधार भैरहेकाे छ ।
सिंहका सहयोगी युपी लामिछानेका अनुसार आज कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले फोनबाट स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनु भएको थियो भने कांग्रेस सभापति तथा पूूर्वप्रधानमन्त्री शेरबहादुर देउवा अस्पतालमै पुगेर स्वास्थ्यस्थितिको जानकारी लिनुभएको थियो ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उपत्यकाबाहिर रहेकाले फोन मार्फत जानकारी लिनुभएको थियो।
नेता सिंहको स्वास्थ्य अवस्थाको जानकारी लिन उपसभापति बिमलेन्द्र निधि महामन्त्री द्धय डा.शशांक कोईराला र पूर्णबहादुर खड्का ,पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला सहमहामन्त्री डा. प्रकाशशरण महत प्रवक्ता बिश्वप्रकाश शर्मा प्रमुख सचेतक बालकृष्ण खाण रास्टिय सभा बिपक्षी दलका नेता सुरेन्द्र पाण्डे लगायत कांग्रेस केन्द्रीय सदस्य र पूर्वमन्त्रीहरु अस्पताल पुग्नुभएको थियो ।
मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा संक्रमण देखिएपछि नेता सिंह सोमबार उपचारका लागि मेडिसिटी अस्पताल भैंसेपाटी जानुभएको थियो ।
चिकित्सकको सल्लाह बमोजिम नेता सिंह अस्पताल भर्ना भएको सिंहका सहयोगी युपी लामिछानेले जानकारी दिनुभएको छ ।
स्वास्थ्यमा केही असजिलो महसुस भएपछि नेता सिंह चाररपाँच दिनदेखि घरमै आराम गरिरहनुभएको थियो । सोमबार ज्वरो नघटेपछि उहाँ अस्पताल भर्ना भएको र अहिले स्वास्थ्यमा क्रमिक सुधार आएको पार्टीका काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँले बताउनु भयो ।


















