काठमाडौं , २२ पौष । अर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले छिटै प्रदेश प्रमुख र प्रादेशिक राजधानी तोकिने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा नेपाली कांग्रेस काठमाडौं–धनकुटा सम्पर्क समितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री कार्कीले संविधानको व्यवस्था अनुसार प्रदेशको राजधानी तोकिने भएकाले आधारभूत कुरा र सम्भावना भएको स्थानलाई प्रदेशको राजधानी तोक्ने गृहकार्यमा सरकारले गरिरहेको बताए।
उनले छिट्टै प्रदेश प्रमुख र प्रदेश अस्थायी राजधानी प्रक्रिया अनुसार तोकिने दावी गरे ।
अर्थमन्त्री कार्कीले संक्रमणकालको अन्त्य भएको र मुलुक समृद्धिको बाटोतर्फ उन्मुख भएको बताए। कार्कीले भने,ुलामो समय देखिको संक्रमणकालको अन्त्य भएको छ, कांग्रेसले त्यसको नेतृत्व लियो, कांग्रेस चुनाव हारेर पनि मुलुकले जितेको छ, यसले पनि कांग्रेस र लोकतन्त्रको भविष्य उज्जवल छ भन्ने संकेत गर्दछ, त्यसैले कांग्रेसलाई नयाँ तरिकाले जनताको बीचमा जानुको विकल्प छैन।ु
पूर्व सांसद मनोहरनारायण श्रेष्ठले प्रदेश नम्बर १ को राजधानी धनकुटालाई तोक्न सरकारसँग माग गरेका छन्। उनले ुप्रदेश नम्बर १ को राजधानी भौगोलिक हिसाब, पूर्वाधार, सामथ्र्य, हावापानी, सुन्दरता र अन्तराष्ट्रिय सिमानाको देष्टिकोणले धनकुटा उपयूक्त भएको दावी गरेका थिए।
कार्यक्रममा विजयीसन्तोषी राईले आधारपत्र प्रस्तुत गरेका थिए।
धनकुटा जिल्ला कार्य समितिका पूर्व सभापति हरि अधिकारी, समानुपातिक प्रदेशसभा सदस्य लिला सुब्बाले प्रदेश नम्बर १ को प्रादेशिक राजधानी धनकुटालाई तोक्न सरकारसँग माग गरेका छन्।
कार्यक्रममा सुनसरीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद एवम् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र प्रदेश सांसद लिला सुब्बालाई अभिनन्दन गरिएको छ।