Prakash Adhikari August 26, 2019

 

भरतपुर(चितवन),९ भाद्र । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानको क्रममा पक्राउ परेका न्यूज २४ टेलिभिजनका सिधा कुरा जनतासंग कार्यक्रमका प्रस्तोता रवि लामिछाने र सहयोगी युवराज कँडेलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ भने उनीहरुसंग पक्राउ गरिएकी रुकु भनिने अस्मिता कार्कीलाई साधारण तारेखमा छोडिएको छ ।

https://www.facebook.com/rabi977/videos/2413867245524634/

सोमबार साँझ जिल्ला अदालत, चितवनले लामिछानेलाई ५ लाख, सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।

तीनै जनाविरुद्ध आइतबार आत्महत्या दुरुत्साहन गरेको कसूरमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनले मुद्दा दायर गरेको थियो ।

चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला परेका पत्रकार शालिकराम पुडासैनको मोबाईलमा भेटिएको भनिएको मृत्युपूर्व रेकर्डभएको सुसाइड भिडियोमा सीधा कुरा जनतासंगका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको नाम उल्लेख भएको भेटिए पछि प्रहरीले अनुसन्धानको क्रममा तीनै जनालाई ३० साउनमा पक्राउ गरेको थियो ।पक्राउ गरेर बयान लिएको थियो । प्रहरीको वयान सकिएपछि सरकारी वकिलले आइतवार चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

लामो समय रवि लामिछानेसंगै काम गरेका दिवंगत पत्रकार पुडासैनी केही समय अगाडि लामिछानेको टीम सहित न्यूज २४ टेलिभिजन नै छाडेर माउन्टेन टेलिभिजमा पुगेका थिए । उनी २० साउनमा चितवनको पोखरा बसपार्कस्थित कंगारु होटलमा झुण्डिएको मृत अवस्थामा भेटिएका थिए ।

धरौटी बुझाएर अदालत परिसरबाट निस्केपछि रविले आफूमाथि परेको अन्यायको विरुद्धमा न्यायको लागि नैतिक समर्थन दिने भौतिक रुपमा चितवनसम्म पुगेर प्रदर्शनमा सहभागी भई सहयोग गर्ने सबैलाई धन्यवाद दिदै भनेका छन्, सत्यको जित नभएको कहाँ नै छ ? आजसम्म हजुरहरुले दिनुभएको माया र साथको ऋणी छु।तपाईहरुको शिर कहिले झुक्नेछैन। जय चन्द्र सूर्य !

Share Now

Leave a comment.