Prakash Adhikari August 26, 2019

काठमाडौं, ९ भाद्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठक अध्यक्ष प्रचण्डको अध्यक्षतामा  सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा सम्पन्न बैठकले स्वास्थ्योपचारको सिलसिलामा सिंगापुरमा रहनुभएका प्रधानमन्त्री तथा अध्यक्ष कमरेड केपी शर्मा ओलीको स्वास्थ्य लाभको प्रस्ताव पारित गरेको छ ।

बैठकले पार्टीका नेता तथा कार्यकर्ताहरु बारे व्यक्तिगत विषयमा कुनै कुरा उठाउनु परेमा पार्टी भित्रै छलफलको बिषय बनाउनु पर्ने निर्णय गरेको छ । त्यस्ता व्यक्तिगत बिषयहरु सार्वजनिक रुपमा राखेमा स्पष्टीकरणको प्रक्रिया अगाडि बढाउँदै आवश्यक कारबाही गरिने निर्णय पनि गरेको छ ।

पार्टी सचिवालयको बैठकमा दुई पूर्वप्रधानमन्त्रीहरुको बीचमा आफ्नो पार्टीको संकेत गर्ने कुनै चिन्हसम्म नभएर राष्ट्र्यि झण्डा राखेर गरिएको यो बैठकले नेपाल कम्युनिष्ट पार्टीमा हसिया हथौडा अंकित झण्डाप्रतिको मोहभंग हुँदै गएको संकेत मात्र गरेको छैन, कम्युनिष्ट मूल्य,मान्यता,आदर्श र सिद्धान्तप्रति पनि त्यसरी नै वितृष्णा जागृत हुँदै गएको विम्बित गरेको छ ।

त्यसैगरी पार्टी एकीकरण प्रक्रिया सामेल हुनुभएका देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राईलाई बैठकले केन्द्रीय समितिमा मनोनित गरेको छ ।  त्यसैगरी बैठकले विगतमा गरिएको जिम्मेवारी बाँडफाँटमा यसरी हेरफेर गरेको छ :

 

 

जिल्ला सहइन्चार्जहरुः

तिलकुमार मेन्याङबो : ताप्लेजुङ

भगवती चौधरी : सुनसरी

प्रमोदनारायण यादव : सिरहा

हरिनारायण चौधरी : सिरहा

चुडामणि जंगली : कास्की

दीपक देवकोटा : कैलाली

रामचन्द्र साह : पर्सा इन्चार्ज

बलराम खत्री : मजदूर विशेष जिल्ला कमिटी सचिव

अन्य जिम्मेवारी

भानुभक्त ढकाल : राष्ट्रिय सुरक्षा विभाग प्रमुख

डोरमणि पौडेल : प्रादेशिक मामिला विभाग उपप्रमुख

बेदुराम भुसाल : स्कूल विभाग उपप्रमुख

बिष्णु रिजाल : विदेश विभाग उपप्रमुख

रामकुमार राई : सुरक्षा विभाग उपप्रमुख

सहकारी विभाग उपप्रमुख : कमल चौलागाई

प्रमेश हमाल : नीति अध्ययन प्रतिष्ठान सहसंयोजक

रामकुमारी झाँक्री : इन्जिनियर सम्बद्ध संगठन सहइन्चार्ज

अमृता थापामगर : महिला संघ सहइन्चार्ज

सीता पौडेल : महिला संघ सहइन्चार्ज

सत्य पहाडी : कर्णाली सम्पर्क कमिटी इन्चार्ज

वीरमान चौधरी : सुदुरपश्चिम सम्पर्क कमिटी इन्चार्ज

सुरेश आलेमगर : आदिवासी जनजाति सहइन्चार्ज

शेरवहादुर तामाङ : आदिवासी जनजाति सहइन्चार्ज

तिलक परियार : दलित मोर्चा सहइन्चार्ज

बोमवहादुर विक : दलित मोर्चा सहइन्चार्ज

महेश्वर दाहाल : प्रेस संगठन सहइन्चार्ज

केदार न्यौपाने : जनसांस्कृतिक महासंघ इन्चार्ज

खगेन्द्र राई : जनसांस्कृति महासंघ सहइन्चार्ज

जीवन घिमिरे : खेलकुद महासंघ सहइन्चार्ज

अजम्बर काङमाङ : खेलकुदु महासंघ सहइन्चार्ज

हिक्मत कार्की : शिक्षक सम्बद्ध मोर्चा सहइन्चार्ज

 

Share Now

Leave a comment.