काठमाडौं,१६ भाद्र । नेपालका केही बैंकको एटीएम प्रणाली ह्याक गरेर पैसा लुट्ने चिनियाँ समूहका अर्का व्यक्ति त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् ।
सु लुसिङ नामक उनीलाई आइतबार राति त्रिभुवन विमानस्थलबाट स्वदेश जाने तयारी गरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
विशेष निगरानीको आधारमा उनलाई महानगरीय प्रहरीको टोलीले पक्राउ गरेको हो ।
उनी बसेको माया मनोहर होटेलको तथा एटिएमको सिसी क्यामराका फुटेजको आधारमा लुटमा संलग्न रहेको पुष्टि भएको छ ।
नक्कली भिसा कार्ड प्रयोगबाट विभिन्न बैंकहरुको डाटा ह्याक गरी एटिएम बुथबाट करोडौं रकम निकाल्ने कार्यमा संलग्न ५ जना चिनियाँ नागरिकलाई शनिबार प्रहरीले पक्राउ गरिसकेको छ ।


















