Prakash Adhikari September 11, 2019

वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), २५ भदौ (एजेन्सी)। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सुरक्षा सल्लाहकार जोन बोल्टनलाई दबाबपूर्वक हटाउनुभएको छ ।

उत्तर कोरिया, अफगानिस्तान, इरान र चीनसँगको विग्रदो व्यापारिक अवस्था लगायतका विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उहाँको मतभेद बढ्न थालेको थियो । राष्ट्रपति ट्रम्पले तीव्र दवाव दिएपछि बोल्टनले राजिनामा दिएको बताइएको छ ।

राष्ट्रपति ट्रम्पले पनि वोल्टनको राजिनामालाई ट्वीटमार्फत पुष्टि गर्दे सल्लाहकारको रुपमा उनले दिएका अधिकांश सुझावप्रति आफ्नो कडा असहमति रहेको बताउनुभएको छ ।

राष्ट्रपतिले राष्ट्रिय सुरक्षा सल्लाहकार वोल्टनलाई सोमबार नै राजिनामा गर्न आदेश दिएका थिए । बोल्टनले मंगलबार बिहान मात्रै ह्वाइट हाउसमा राजिनामा बुझाउनुभएको थियो ।

वोल्टनले आफूले पनि सोमबार नै राजिनामा बुझाउन तयारी गरेको तर राष्ट्रपतिबाट कुनै प्रतिक्रिया नआए पछि मंगलबार राजिनामा दिएको एनबीसीसँगको कुराकानीमा बताउनुभएको छ ।

राष्ट्रपति र बोल्टनबीच केही महिना यतादेखि नै विभिन्न विषयमा असहमति हुदै आएपनि पछिल्लो पटक तालिवानसँगको बार्ता प्रकरणले दूरी झनै बढाएको थियो । यसै विषयलाई लिएर सोमबार मात्र आपसमा चर्को बादबिवाद भएको समाचारहरूमा जनाईएको छ ।

राष्ट्रपतिले सेप्टेम्बर ११ को संघारमा क्याम्प डेभिडमा हुने भनिएको तालिवानसँगको वार्ताप्रति बोल्टनले कडा आपत्ति जनाउनुभएको थियो ।

ट्रम्पको चार बर्षीय राष्ट्रपति कार्यकालमा राष्ट्रिय सुरक्षा सल्लाहकाबाट राजिनामा बुझाउने बोल्टन तेस्रो व्यक्ति हुनुहुन्छ । यस अघि माइन फेलेन र भूतपूर्व अमेरिकी सैनिक अधिकारी लेफ्टिनेन्ट जनरल एमसी मास्टरले पनि राष्ट्रपतिसँगको मतभेद कै कारण राजिनामा दिनुभएको थियो ।

Share Now

Leave a comment.