किंग्स्टन,३० भाद्र । क्यारेबियन प्रिमियर लिग अन्तर्गत आफ्नो टीम बार्बाडोस टे्र्डियन्टको तेश्रो खेलमा नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेले एक विकेट लिएका छन् । तर प्रतियोगितामा उनको टीम जमैका तल्लावाहसंग ४ विकेटले पराजित हुने पुगेको छ ।
जमैकामा तल्लावाहको घरेलु मैदानमा पहिले ब्याटिंग गर्दै बार्बेडोसले दिएको १ सय ४१ रनको लक्ष्य जमैकाले ६ विकेट गुमाएर पुरा गर्यो।
Zamaica Tallawahs: Gayle, Phillips, Walton, Worker, Green, Lewis, Lamort, Glen, Dwayne Smith, Zahir, Dernbach
Barbados Trident : Hales, Charles, Boucher, Duminy, Carter, Holder, Nurse, Primus, Walsh, Lalor, Lamichhane
टस हारेर ब्याटिंगको निम्तो पाएको बार्बेडोसले निर्धारित २० ओभरको खेलमा १ सय ४१ रन बनाएको थियो । उसको लागि एश्ले नर्सले ३७, जेपी डुमिनिले ३१,एलएस बाउचर १५, एडी हल्स र जे चाल्र्सले १२।१२, सन्दीप लामिछानेले १०, जेके लालोर र जेएल कार्टरले ६।६,एचआर वेल्स २ र आएएस प्रिमसले एक रनको योगदान दिएका थिए ।
बार्बाडोसलाई रोक्ने क्रममा जमैकाको बलिंगमा जाहिर खानले २० रन खर्चेर ३ विकेट लिए भने जर्ज वोर्कर र रमाल लुइसले २ । २ विकेट लिए।
१ सय ४२ रनको लक्ष्य पाएको जमैका तल्लावाहले १८.३ ओभर ६ विकेटको क्षतिमा १ सय ४५ रन बनाउदै लक्ष्य पूरा गर्यो । यस क्रममा जमैकाका कप्तान चाडविक वाल्टनले अविजित ५१ रन, ग्लेन फिलिपले २८, जेभेल्ले ग्लेनले २७ तथा क्रिस गेलले २२ , डीसी ग्रीनले ९ र आरए लेविस र जीसी वर्करले २ । २ रन बनाए।
जमैकालाई रोक्ने क्रममा बार्बेडोसको बलिंगमा जेसन होल्डर र हेडन वाल्सले २ । २ तथा सन्दीप लामिछाने र रोशन प्रिमुसले १ । १ विकेट लिए।
सन्दीपको खेल
आइतबारको खेलमा पाचौ ओभरमा स्पेल गर्न आएका नेपाली खेलाडी सन्दीपले सो ओभरमा एक चौकासहित ८ रन दिए । दशौँ ओभरमा दोस्रो स्पेल लिएर आएका सन्दीपले सन्दीपले २ छक्कासहित १५ रन बनाउन दिए । १३ औं ओभरमा तेस्रो स्पेल बलिंगमा आएका सन्दीपले १३ रन बनाउन दिएर १ विकेट लिए । विकेट किपरले स्टम्पिंग मिस गर्दा उनको एक विकेट लिने मौका गुमेको थियो । खेलको अन्तिम स्पेलको रुपमा १५ औ ओभरमा बलिड. गर्न आएका सन्दीपले यो ओभरभरिका ६ वल डट फाले । यो वर्ष विदेशी टि २० लिगमा गरेको यो नै सन्दीपको एक मात्र मेडन ओभर हो। गत वर्ष उनले कुल ३ मेडन ओभर गरेका थिए।
ब्याटिंगतर्फ सन्दीपले विदेशी फ़्रेन्चाइज् लिगमा आफ्नो व्यक्तिगत सर्वाधिक रन बनाए। नवौं विकेट गुमेपछि १८ औं ओभरमा एघारौं नम्बरमा ब्याटिंग गर्न आएका सन्दीपले अविजित ८ बलमा १० रन बनाए। यस अघि ८ रन सन्दीपको उच्च स्कोर थियो। यस क्रममा उनले अन्तिम ओभरको दोश्रो बलमा डेरभल ग्रिनले गरेको फूल टस बललाई कभरतर्फ चौका प्रहार गरे। चौका प्रहार गर्दा कमेन्टेटरले सन्दिपलाई नेपाली भन्दै तारिफ गरेका थिए भने उनि सधै मुस्कुराइरहने बताएका थिए। १० रन बनाउने क्रममा सन्दिपले राम्रो सटहरु खेल्दै टिमलाई महत्वपूर्ण योगदान दिए।
४ ओभरमा सन्दीपले १ मेडन ओभर गर्दै १ विकेट लिएर ३५ रन खर्चिन पुगे।
प्रतियोगिता अन्तर्गत बार्बेडोसले चौथो खेल शनिवार बिहान ५ : ४५ बजे ड्यारेन स्यामी कप्तानीको सेन्ट लुसिया जुक्स बिरुद्ध खेल्नेछ