काठमाडौं, ३९ भाद्र । नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरी संसदमा विचाराधीन नागरिकता विधेयक लगायतका विषयमा पार्टीको धारणा बताएको छ ।
आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेपाली कांग्रेसका ११ जना प्रतिनिधि बालुवाटार पुगेको थियो। छलफलमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनुहुन्थ्यो ।
नेपाली कांग्रेसले जागरण अभियानको कार्यक्रममा बाँकेमा नेपाली कांग्रेसको कार्यक्रममा सांघातिक आक्रमण भएको जनाउदै दोषीमाथि कारबाही नभएसम्म कांग्रेसले संघीय संसद चल्न नदिने नीति लिएको जानकारी गराएको थियो । सो आक्रमणमा परि नेपाली कांग्रेसका बाँके जिल्ला सभापति किरण कोइरालासहित दर्जनौ कार्यकर्ता घाइते भएका थिए । आक्रमणमा सभापति कोइरालाको देब्रे हात भाँचिएको छ ।
प्रधानमन्त्री र कांग्रेस नेताहरुको छलफलमा संसदमा विचराधीन नागरिकता विधेयकका बैवोहिक अंगीकृत नागरिकता, भूमि विधेयक, राष्ट्रिय सुरक्षा परिषद् विधेयक, मानवअधिकार आयोग विधेयक, मिडिया काउन्सिल विधेयक लगायतका विधेयकका विषयमा पनि संक्षिप्त छलफल भएको थियो ।
वार्ताका क्रममा प्रधानमन्त्री ओलीले बाँके घटनाका दोषीलाई तत्काल कारवाही गरिने प्रतिबद्धता जनाउनुभएको थियो।
उहाँले सरकार टकरावको मनस्थितिमा नरहेको बताउदै सबै विषयमा समन्वय गरेर अघि बढ्ने जानकारी दिनुभएको थियो ।