Prakash Adhikari September 16, 2019

 

काठमाडौं, ३० भाद्र ।  नेपाल बैंक लिमिटेडमा ठूलो संख्यामा रोजगारीको अवसर खुला भएको छ। बैंकले विभिन्न पदहरुमा गरि कूल ५ सय ६२ जना कर्मचारी माग गरेको छ।

बैंकले छैठौ तहको सहायक प्रबन्धकदेखि तृतीय तहको कनिष्ठ सहायकसम्मको पदका लागि कर्मचारी माग गरेको हो ।

बैंकले केन्द्रीय स्तरमा छैठौ तहको सहायक प्रबन्धक पदका लागि १सय २६ जना, चार्टर्ड एकाउन्टेन्टका लागि १० जना र सूचना प्रविधि शाखामा ४ जना कर्मचारी माग गरेको छ ।

रिक्त पद र संख्यासहितको विज्ञापन

बैंकले प्रदेशस्तरका शाखा कार्यालयका लागि ४ सय २२ जना कर्मचारी माग गरको छ ।

छैठौँ तहमा आवेदन गर्नका लागि कम्तीमा पनि स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्नेछ भने चार्टर्ड एकाउन्टेटका लागि मान्यता प्राप्त संस्थाबाट सिए वा एसिसिए उत्तीर्ण गरेको हुनुपर्छ ।

यसैगरी चौथो तहको पदका लागि न्यूनतम स्नातक गरेको र तेस्रो तहका लागि प्लस टु उत्तीर्ण गरेको हुनुपर्नेछ । प्रदेश स्तरका शाखा कार्यलयमा छनौट भएका कर्मचारीले कम्तीमा पनि ५ देखि ७ वर्ष अनिवार्य सेवा गर्नुपर्ने बैंकले जनाएको छ ।

बैंकले तोकेको योग्यता पुगेका इच्छुक आवेदकले असोज १९ गतेसम्म अनलाईन आवेदन दिन सक्नेछ । बैंकको वेबसाइटमा गएर आवेदन गर्न सकिने बैंकले जनाएको छ ।

Share Now

Leave a comment.