काठमाडौं, ८ मंसिर । बैंकिङ कसुरमा थुनामा रहेका बैंकर अजय श्रेष्ठ र किरण कुमार बोहोरालाई एक÷एक करोड रुपैयाँ धरौटीमा रिहाई गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
आइतबार न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार रेग्मीको संयुक्त इजलासले उहाँहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
खोलाको जग्गा धितोमा ऋण दिएको अभियोगमा प्रहरीले श्रेष्ठलाई गत असोज ५ गते पक्राउ गरेको थियो । उच्च अदालत पाटनले श्रेष्ठलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
उच्च अदालत पाटनको थुनामा राख्ने आदेशको विरुद्धमा श्रेष्ठ सर्बोच्च अदालतको ढोका ढक्ढक्याउन पुग्नुभएको थियो ।
सर्वोच्च अदालतले उक्त मुद्दाको सुनुवाइ गर्दै बदर गर्न आदेश दिएको हो ।


















