काठमाडौं, १८ मंसिर । आइतबार उद्घाटन भएको १३ औं दक्षिण एशियाली खेलकुदमा नेपालले चौथो दिनसम्म २९ स्वर्णसहित १५ रजत र २५ कास्य गरी कुल ६९ पदक जितेको छ ।
बुधबार भएका खेलमध्ये कराँतेमा अनुपमा मगरले स्वर्ण पदक जितिन्। कराँते कुमुतेको ६८ केजी तौल समूहमा अनुपमा मगरले पाकिस्तानी खेलाडी नगर्सिलाई ६-३ ले हराउँदै बुधबार स्वर्ण पदक जितेकी हुन्।
त्यसैगरी उसुको पुरुष थाउलोतर्फ दीपक हमालले स्वर्ण पदक जितेका छन्।
बुधबार भएको ८७ केजी भन्दामाथिको भिडन्तमा नेपालका लागि सक्षम कार्कीले स्वर्ण पदक जित्न सफल भएका छन्।
सक्षमले जितेपछि नेपाली खेलाडीले साग खेलकुदको इतिहासमा जितेको स्वर्णको संख्या १०० पुगेको छ।
कार्कीले सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको भिडन्तमा सक्षमले पाकिस्तानी खेलाडी वाकर अलीलाई पराजित गर्दै स्वर्ण चुमेका हुन्। उनले सेमिफाइनलमा श्रीलंकाका बालापिट्टीलाई हराएका थिए।
कराँतेमा नेपालको स्वर्ण पदक संख्या १० पुगेको छ। कराँतेमा नेपाल अहिलेसम्म कुनै पनि इभेन्टमा पदकविहीन हुनु परेको छैन। कराँतेमा नेपाल टिम च्याम्पियन भएको छ।
नेपालले साइक्लिङको पुरुष-महिला दुवै इभेन्टमा स्वर्ण पदक जित्न सफल भएको छ। डाउनहिल साइक्लिङमा नेपालले दुईजटा स्वर्ण पदक जितेको छ। गोकर्णस्थित सहिद पार्कमा बुधबार डाउनहिलतर्फ नेपालले दुईवटा स्वर्ण पदक जितेको हो।
पुरुष इभेन्टतर्फ नेपालका राजेश मगर र महिला इभेन्टतर्फ निश्मा श्रेष्ठले स्वर्ण पदक जितेका हुन्।
राजेशले १ किलोमिटरको दुरी १ मिनेट ४९. ३३३ सेकेण्डमा पुरा गरे।
यस इभेन्टको रजत र कास्य पदक पनि नेपालकै निरभ श्रेष्ठ र प्राचित थापाले जितेका छन्। निरभले १ मिनेट ५०. ०८० सेकेण्डको समय निकाल्दै रजत जिते भने प्राचितले १ मिनेट ५१. ६६१ सेकेण्डको समय निकालेर रजत जिते।
महिला इभेन्टतर्फ निश्माले २ मिनेट २२. ४५१ सेकेण्डको समय निकालेर स्वर्ण पदक पक्का गरिन्। महिलातर्फ नेपालकै जमुना थापाले २ मिनेट ४१. ५५१ सेकेण्डको समय निकाले रजत पदक जितिन्।
भारतकी यशोधारा मधुकरले ३ मिनेट ३७. २३८ सेकेण्डको समय निकालेर कास्य पदक पक्का गरिन्।
नेपालले जितेका पदक
स्वर्ण पदक
१. कराँते (एकल काता)-मण्डेकाजी श्रेष्ठ २. कराँते (टिम काता, पुरुष)-मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर ३. कराँते (टिम काता, महिला)-निर्मला तामाङ, संगिता मगर, सरु कार्की ४. कराँते (५५ केजी)-लक्ष्मण तामाङ ५. कराँते (८४ केजीमाथि) विप्लवलाल श्रेष्ठ ६. कराँते (४५ केजीमुनि) कुसुम खड्का ७. कराँते (५० केजीमुनि) अनु अधिकारी ८. कराँते (६७ केजी) नवीन रसाइली ९. कराँते (६८ केजी) सुनिता महर्जन १०. कराँते (६८ केजी) अनुपमा मगर ११. तेक्वान्दो पुम्से (२३-२९ वर्ष) कमल श्रेष्ठ १२. तेक्वान्दो पुम्से (१७-२३ वर्ष) सिना मादेन लिम्बु १३. तेक्वान्दो पुम्से (२३-२९ वर्ष) पार्वती गुरुङ १४. तेक्वान्दो पुम्से (२९ वर्ष माथि)-आयशा शाक्य १५. तेक्वान्दो पुम्से (२९ वर्ष माथि)( आयशा शाक्य र सञ्जिकुमार पाण्डे १६. पुम्से महिला टिम (१७-२३ वर्ष)-निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना १७. पुम्से महिला टिम (२३-२९ वर्ष)-नीता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई १८. तेक्वान्दो (४६ केजीमुनि)-काजल श्रेष्ठ १९. तेक्वान्दो (६८ केजीमुनि)-वीरबहादुर महरा २०. ट्रायथलन-सोनी गुरुङ २१. डुवाथोलन-हिमाल टमाटा २२. उसु (थाउलो) विजय सिन्जाली २३. उसु (थाउलो) सुस्मिता तामाङ २४. उसु (थाउलो) दीपक हमाल २५. एथलेटिक्स (१० हजार मिटर) सन्तोषी श्रेष्ठ २६. साइक्लिङ (डाउनहिल पुरुष)- राजेश मगर २७. साइक्लिङ (डाउनहिल महिला)- निश्मा श्रेष्ठ २८. तेक्वान्दो (६२ केजी) संगीता बस्याल २९. तेक्वान्दो (८७ केजीमाथि) सक्षम कार्की
रजत पदक
१. कराँते (एकल काता)-चन्चला दनुवार २. तेक्वान्दो पुम्से (१७-२३ वर्ष)-कृष्णबहादुर तामाङ ३. कराँते (८४ केजी मूनि)-दिवस श्रेष्ठ ४. कराँते (६१ केजी)-अनु गुरुङ ५. कराँते (७५ केजी)-गंगाराम थारु ६. डुवाथोलन-लक्ष्मण मल्ल ७. डुवाथोलन-हुमी बुढा मगर ८. महिला भलिबल टोली ९. टेबल टेनिस (टिम इभेन्ट, पुरुष) १०. साइक्लिङ (डाउनहिल पुरुष)- निरभ श्रेष्ठ ११. साइक्लिङ (डाउनहिल महिला)- जमुना १२. ट्रायथोलन (मिक्स टिम)
कास्य पदक
१. तेक्वान्दो पुम्से (२९ वर्ष माथि)-रेजिन रिमाल २. तेक्वान्दो पुम्से (१७-२३ वर्ष)-अस्मिन राउत र सिना मादेन लिम्बु ३. तेक्वान्दो पुम्से (२३-२९ वर्ष)-जितबहादुर बोट र पार्वती गुरुङ ४. पुरुष टिम पुम्से १७-२३ वर्ष-शीशिर श्रेष्ठ, अष्मिन राउत, दीपेन्द्र गुरुङ ५. पुरुष टिम पुम्से (२३ वर्षमाथि)-कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेमबहादुर लिम्बु ६. ट्रायथलन-बसन्त थारु ७. कराँते-राजीव पुडासैनी ८. एथलेटिक्स (१५०० मिटर)-टंक कार्की ९. एथलेटिक्स (१० हजार मिटर)-दीपक अधिकारी १०. उसु (थाउलो)-हरि प्रसाद गोले ११. ब्याडमिन्टन (टिम इभेन्ट, महिला) १२. ब्याडमिन्टन (टिम इभेन्ट, पुरुष) १३. टेबल टेनिस (टिम इभेन्ट, महिला) १४. साइक्लिङ (डाउनहिल पुरुष)-प्राचित थापा १५. कराते (टिम फाइट, महिला) १६. खो खो (पुरुष टोली)


















