Prakash Adhikari December 4, 2019

काठमाडौं, १८ मंसिर । १३ औं दक्षिण एशियाली खेल अन्तरगत बुधबारसम्मका ८५ इभेन्ट सकिंदा भारत ३४ स्वर्ण, २३ रजत र १३ कांस्यसहित ७० पदक जितेर शीर्षस्थानमा उक्लिएको छ भने आयोजक नेपाल २९ स्वर्ण १५ रजत २५ कास्यसहित ६९ पदक जितेर दोस्रो स्थानमा रहेको छ ।

९ स्वर्ण, १८ रजत र १८ कांस्यसहित ४५ पदक जितेको पाकिस्तान तेस्रो स्थानमा रहेको छ ।

पदक तालिकाको चौथों नम्बरमा रहेको श्रीलंकाले हालसम्म ८ स्वर्ण, २३ रजत र ३८ कांस्यसहित कूल ६९ पदक जितेको छ ।

पाँचौं नम्बरमा रहेको बंगलादेशले ४ स्वर्ण, ७ रजत र २६ कांस्यसहित कूल ३७ पदक हात पार्न सफल भएको छ।

पदक तालिकाको छैठौँ नम्बरमा रहेको माल्दिभ्सले १ स्वर्ण र २ कांस्यसहित कुल ३ पदक जितेको छ।

पदक तालिकाको अन्तिममा रहेको भुटानले हालसम्म स्वर्ण र रजत पदक जित्न सकेको छैन। भुटानले ४ कांस्य पदक जितेको छ।

 

Share Now

Leave a comment.