नेपाल आइस खप्तड गोल्डकपः रुपन्देहीलाई पराजित गर्दै मनाङ–मस्र्याङ्दी सेमी फाइनलमा
धनगढी(कैलाली), २८ पौष । रुपन्देही ११ लाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियन लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी क्लब धनगढीमा जारी दोस्रो संस्करणको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार धनगढी रंगशालामा क्वार्टरफाइनल खेलमा अग्नि रुपन्देही–११ लाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै
मनाड. मस्र्याड.दीले बनाएको हो ।
मनाङको जितमा भिक्टोर, विशाल राई र विमल रानाले गोल गरे । एक गोल आत्मघाती भएको थियो ।
एकपक्षीय बनेको खेलमा मनाङले १९ औं मिनेटमा भिक्टोरको गोलमा अग्रता लिएको थियो । कप्तान अनिल गुरुङको पासमा भिक्टोरले सदुपयोग गरेका थिए ।
पहिलो हाफमा १–० को अग्रता बनाएको मनाङे ५५ औं मिनेटमा आत्मघाती गोलबाट अग्रता दोब्बर पा¥यो । रुपन्देहीका छिरिङ गुरुङले बल क्लियर गर्न खोज्दा बल आफ्नै पोष्टमा परेको थियो ।
खेलको अन्त्यतिर एक मिनेटको फरकमा दुई गोल गर्दै मनाङले जित सहज बनाएको थियो । विशालले ८३ औं मिनेटमा गोल गरे लगत्तै विमल रानाले गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।
शुक्रबारको खेलमा मनाङका भिक्टोर खेलको म्यान अफ दी म्याच घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
मनाङले अब शनिबार नै त्रिभुवन आर्मी क्लबसँग सेमिफाइनल खेल खेल्नेछ ।
त्रिभुवन आर्मीले रुस्लान थ्री स्टारलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो ।