Prakash Adhikari December 6, 2019

काठमाडौं, २० मंसिर । १३औं दक्षिण एसियाली खेलकुद साग (साग) मा पौडी, भारत्तोलन र एथेलेटिक्सबाट शुक्रबार नेपालले पाँच स्वर्ण जितेको छ। नेपालले गल्फबाट २ स्वर्ण, पौडी, भारोत्तोलन र एथलेटिक्सबाट १–१ स्वर्ण जितेको हो।

शुक्रबार थपिएका ५ सहित नेपालको स्वर्ण संख्या ४१ पुगेको छ भने रजतको संख्या २७ र कास्यको संख्या ४८ पुगेको छ । नेपालले शुक्रबारसम्म जम्मा १ सय १६ पदक जितेको छ ।

शुक्रबार एथ्लेटिक्सको पुरुष ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण जिते। उनले निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गरे। दोस्रो स्थान भारतीय धावकले हात पारे। भारतका सुनील धावरले १४ मिनेट ५५.२१ सेकेन्डमा दौडिए।

गोल्फबाट नेपालका सुवास तामाङले स्वर्ण जिते। गोल्फको व्यक्तिगत स्पर्धामा बंगलादेशका खेलाडीलाई पछि पारेर स्वर्ण जितेका हुन्। काभ्रेका १७ वर्षीय सुवास बल ब्वाइ, क्याडी हुँदै गोल्फका तेजिला खेलाडी बनेका व्यक्ति हुन्।

गोल्फको पुरुष टिम इभेन्टमा शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुवास तामाङ र निरज तामाङ मिलेर नेपाललाई स्वर्ण जिताए।

बिहिबार पौडीको फ्रि स्टाइलमा स्वर्ण जितेकी गौरिका सिंहले २ सय मिटर ब्याकस्ट्रोकमा शुक्रबार पनि स्वर्ण जितिन्। शुक्रबार दोस्रो स्वर्ण जितेकी गौरिकाले बिहीबार २ सय मिटर फ्रिस्टायलमा पनि स्वर्ण हात पारेकी थिइन्।

भारोत्तोलनको पुरुष ८९ केजी तौल समूहमा नेपालका विकास थापाले शुक्रबार एक स्वर्ण थपे। यसअघि बिहीबार सञ्जु चौधरीले महिलातर्फ ५९ केजीमा स्वर्ण जित्दै भारत्तोलनमा इतिहास रचेकी थिइन्।

अहिलेसम्म नेपालका लागि स्वर्ण जित्ने खेलाडीहरू

कराते
मण्डेकाजी श्रेष्ठले – व्यक्तिगत काता पुरुष
निर्मला तामाङ, संगिता मगर र सरु कार्की – महिला टिम काता
मण्डेकाजी श्रेष्ठ, महशुस तामाङ र प्रविण कार्की – पुरुष टिम काता
लक्ष्मण तामाङ – ५५ केजी समूह फाइट
विप्लवलाल श्रेष्ठ – ८४ केजी माथि फाइट
कुसुम श्रेष्ठ – ४५ केजी फाइट
अनु अधिकारी – ५५ केजी फाइट
नविन रसाइली – ६७ केजी फाइट
सुनिता महर्जन – ६८ केजी फाइट
अनुपमा मगर– ६८ केजी फाइट

तेक्वान्दो
सिना मादेन लिम्बू – पुम्से महिला १७(२३ वर्ष
कमल श्रेष्ठ – पुम्से पुरुष २४-२९ वर्ष
पार्वती गुरुङ – पुम्से महिला २४-२९ वर्ष
आयशा शाक्य– पुम्से महिला २९ वर्ष माथि
आयशा शाक्य र सञ्जिवकुमार ओझा – पुम्से जोडी २९ वर्षमाथि
निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमिल्सिना – पुम्से महिला टिम १७-२३ वर्ष
निता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई – पुम्से महिला टिम २३ वर्षमाथि
काजल श्रेष्ठ– ४६ केजी फाइट
वीरबहादुर महरा – ६८ केजी फाइट
संगिता बस्याल – ६२ केजी फाइट
सक्षम कार्की – ८७ केजीमाथि फाइट
भूपेन श्रेष्ठ– ८७ केजी मुनि फाइट

ट्रायथलन
सोनी गुरुङ
हिमाल टमाटा

उसु
विजय सिञ्जाली – थाउलो छानछ्वान
सुस्मिता तामाङ– थाउलो छानछ्वान
दीपक हमाल– ‍थाउलो नानछ्वान अलराउन्ड
निमा घर्तिमगर – ‍थाउलो नानछ्वान अलराउन्ड
जुनी राई – सान्सौ ५६ केजी फाइट

एथ्लेटिक्स
सन्तोषी श्रेष्ठ – १० हजार मिटर दौड

गोपीचन्द्र पार्की – ५ हजार मिटर दौड

साइक्लिङ
राजेश मगर – डाउनहिल
निस्मा श्रेष्ठ – डाउनहिल
लक्ष्मी मगर– क्रसकन्ट्री
बुद्धिबहादुर तामाङ – क्रसकन्ट्री

पौडी
गौरिका सिंह – २ सय मिटर फ्रीस्टायल

गौरिका सिंह – २ सय मिटर ब्याकस्ट्रोक

भारोत्तोलन
सञ्जु चौधरीले – ५९ केजी

विकास थापा – ८९ केजी ‍

गल्फ

सुवास तामाङ – पुरुष व्यक्तिगत स्पर्धा

शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुवास तामाङ र निराज तामाङ ( पुरुष टिम इभेन्ट)

Share Now

Leave a comment.