Prakash Adhikari December 8, 2019

काठमाडौं, २१ मंसिर । फेशनको दुनियामा नेपालको नाम सामेल गर्न नेपाल भ्रमण बर्षको अवसर पारेर संसारको सर्वोच्च शिखर सगरमाथाको काखको रुपमा चिनिएको कालापत्थरमा माघ ११(२५ जनवरी २०२०) मा माउण्ट एभरेष्ट फेशन रनवे नामक फेशन शो हुने भएको छ ।

शनिवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपाल भ्रमण बर्षको अवसर पारेर विश्वका पहिरनप्रेमीहरुका लागि नेपाल र नेपाली ब्राण्डप्रति आकर्षित गराउन कासा नामक विख्यात अन्तर्राष्ट्रिय फेशन कम्पनीको आयोजनामा यो फेशन शो आयोजना गर्न लागिएको जानकारी दिइयो ।

१५ अन्तर्राष्ट्रिय र ५ नेपाली मोडलले ५ हजार मिटरभन्दा अग्लो स्थानमा रहेको काला पत्थरमा बनेको र्याम्पमा क्याटवाक गर्नेछन् ।

 

यस फेशन शोको टाइटल स्पोन्सरमा आ.बी. ज्वलर्स रहेको छ भने अन्य सहयोगी संस्थाहरुमा टर्किज एअर, एशियन ट्रेकिmड., समीट एअर, नेपाल मेडिसिटी, साइन, होटल रोयल सिंगी, स्वातिमोडो रहेका छन् । यस कार्यक्रमको आयोजनामा सेभ द अर्थ नामक वातावरण संरक्षण संस्था र गिनिज वल्र्ड रेकर्ड नामक संस्थाहरुको समेत सहयोग रहेको छ ।

यस कार्यक्रमका सहप्रायोजक तथा आधिकारिक पदयात्रा साझेदारको रुपमा रहेको एशियन टे्रकिड.का स्टेफन दावा शेर्पाका अनुसार यो कार्यक्रमले हिउदको याममा पनि नेपाल पदयात्रा र दृश्यावलोकनको लागि उपयुक्त छ भन्ने सन्देश दिनेछ । उहाँका अनुसार हिँउदमा हावाहुरी, असिना, हिमपहिरो, हिउँ आँधी र बर्षाको संभावना नहुने,पदयात्री र पर्वतारोहीहरुको चाप कम हुने र जाडो पनि युरोप र अमेरिकाको भन्दा कम हुने भएकोले यो समय पदयात्रा,दृश्यावलोकन र होचा हिमालहरुको आरोहणको लागि पनि उपयुक्त छ ।

पत्रकार सम्मेलनमा डा. पंकजकुमार गुप्ताले सगरमाथा जस्तो विश्व सम्पदासूचीमा रहेको हिमालको काखमा हुने यो कार्यक्रममार्फत नेपालले भोगेको जलवायु परिवर्तन जस्तो विश्वको जल्दाबल्दो समस्याको असरको बारेमा विश्व समुदायलाई सन्देश दिन सक्ने पनि बताउनुभयो ।

Image may contain: 12 people, people smiling, people standing

आयोजकहरुले २० मोडलसहित ५० जनाको क्रु सदस्य लुक्लाबाट पैदल कालापत्थर जाने कार्यक्रम तय गरेका छन् । आयोजकहरुले दिएको जानकारी अनुसार १४ जनवरीमा सबै विदेशी सहभागी, अतिथि तथा साझेदारहरु काठमाडौं आइपुग्ने छन् । फेशन रनवेका सहभागी,प्राविधिक र सहयोगीहरुको स्वास्थोपचार नेपाल मेडिसिटी अस्पतालले गर्ने छ । मेडिसिटीले कार्यक्रमका सहभागी र सहयोगीहरुलाई यात्राअवधिभर स्वास्थोपचार र बिरामी परेमा आपत्कालीन उद्धार र राजधानीको उपचार पनि गर्ने व्यवस्था गरेको छ ।

सहभागी र आयोजकसहित प्राविधिकहरु काठमाडौंबाट लूक्लासम्म समीट एअरको हेलिकोप्टरमा जाने छन् । १७ जनवरीदेखि लुक्लाबाट कालापत्थरको पदयात्रा सुरु हुनेछ । पदयात्रा तथा कार्यक्रमका बीचमा सहभागीहरुलाइ पत्थर पुगेर माघ ११ गते आफ्नो प्रस्तुति दिने छन्।

कार्यक्रममा सहभागी हुने मोडलहरुसग समन्वय गर्ने जिम्मेवारी सन २०१८ को मिस युनिभर्स नेपाल मनिता देवकोटालार्ई दिइएको छ । यो फेशन शोमा सहभागी हुन भारत, इटाली,नेदरल्याण्ड्स,फिनल्याण्ड,पोल्याण्ड,नाइजेरिया,मोरक्को,श्रीलंकाका प्रतिष्ठित मोडलहरु पनि नेपाल आउने छन् ।

यो कार्यक्रमका मुख्य प्रायोजक आर.बी.ज्वेलर्सका अध्यक्ष रमेश महर्जनले यो कार्यक्रमले नेपाललाई फेसनको दुनियामा चिनाउन सघाउने बताउनुभयो । नेपालका कलात्मक गरगहना र पहिरनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन यो कार्यक्रम उपयोगी हुने विश्वास उहाँले ब्यक्त गर्नुभयो ।

कासा नेपालकी प्रबन्ध निर्देशक रमिला नेम्कुलले यो कार्यक्रम नेपालमा नै उत्पादित फाइबरबाट बनेका उनी र फ्लेटका न्याना लुगाहरुको प्रर्दशन हुने बताउनुभयो । वातावरण संरक्षण र जलवायु परिवर्तनको नकारात्मक असरलाई रोक्न स्थानीय स्तरबाट गर्नुपर्ने कामको सन्देश पनि दिन खोजिएकोले यस फेशन प्रदर्शनीमा बायो डिग्रेबल(कुहिन सक्ने) पदार्थबाट बनेका लुगाहरु उपयोग गरिने उहाँले बताउनुभयो ।

जलवायु परिवर्तनका नकारात्मक असरहरुलाई रोक्नका लागि विश्वको ध्यानाकृष्ट गर्न २००९ को डिसेम्बरमा कालापत्थरमा नेपालको पहिलो क्याबिनेट मिटिड. बसेको थियो ।

Nepal Cabinet meeting at kalapattharको लागि तस्बिर परिणाम

 

 

Share Now

Leave a comment.