Prakash Adhikari January 13, 2018

काठमाडौं, पुस २८ । हिमालयन बैंक लिमिटेडको २५ औं साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको २५ प्रतिशत बोनस शेयर र करप्रयोजनको लागि १.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष मनोजबहादुर श्रेष्ठले आर्थिक वर्ष २०७३/७४ को प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभामा अध्यक्ष श्रेष्ठले ग्राहकवर्गले बैंक प्रति गरेको विश्वास तथा व्यवस्थापनको सृजनात्मक क्रियाशीलताबाट बैंकले निरन्तर प्रगति गरिरहेको बताए ।

बैंक आगामी माघ ४ गते स्थापनाको २५ वर्ष पूरा गर्दैछ ।

बैंकले आर्थिक वर्ष २०७३र७४ अन्त्य सम्म ९२ अर्व ८८ करोड रुपैयाँ निक्षेप संकलन र ७७ अर्व ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Share Now

Leave a comment.