Prakash Adhikari December 19, 2019

काठमाडौ,३पौष । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ४५औँ दीक्षान्त समारोहमा आज हुँदैछ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने समारोहमा १० हजार १८४ विद्यार्थी दीक्षित हुँदैछन्।

पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा हुने समारोहमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई विभिन्न विधाका ३१ वटा पदक-पुरस्कारसमेत प्रदान गरिने भएको दीक्षान्त समारोह समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए।

समारोहमा करीब छ हजार ९०० अभिभावक सहभागी हुने भएका छन्। (रासस)

Share Now

Leave a comment.