Prakash Adhikari December 20, 2019

क्यारारा(अष्ट्रेलिया), ४ पौष । अष्ट्रेलियाको चर्चित क्रिकेट लिग बिग ब्यास क्रिकेट लिगमा नेपाली क्रिकेट स्टार सन्दिप लामिछानेले टीमको पहिलो खेलमा १ विकेट लिएका छन् ।पहिलो खेलमा नै सन्दीपको मेलबर्न स्टारले ब्रिसबेन हिटलाई २२ रनले पराजित गरेको छ ।

अष्ट्रेलियाको गोल्डकोष्ट(क्यारारा)मा भएको खेलमा सन्दीप आबद्ध मेलबर्न स्टार आज ब्रिसबेन हिटसंग खेलेको थियो ।

व्यक्तिगत चौथो ओभरको खेलेका सन्दीपले १४ औं ओभरको तेस्रो बलमा बेन कटिड.को विकेट लिएका हुन् ।

यस अगाडि दोस्रो ओभर बलिड. गर्दा उनले १ छक्का र ३ चौका सहित १९ रन बनाउन दिए । सातौ ओभरमा व्यक्तिगत दोस्रो स्पेल गर्न आएका उनले ६ रन बनाउन दिए । १२ औं ओभरमा उनले ५ रन दिए । १४ औं ओभरमा व्यक्तिगत अन्तिम स्पेल गर्न आएका उनले १ विकेट लिंदै ८ रन बनाउन दिए ।

Brisbane Heat: Banton, Bryant, Lynn (capt), Renshaw, Heazlett, Cutting, Peirson, Lalor, Swepson, Laughlin, Zahir

Melbourne Stars: Stoinis, Maddinson, Cartwright, Maxwell (capt), Handscomb, Dunk, Hinchliffe, Zampa, Worrall, Rauf, Lamichhane

खेलमा १ सय ६८ रनको लक्ष्य लिएको ब्रिसबेन हिटले निर्धारित २० ओभरको खेलमा ८ विकेटको क्षतिमा १ सय ४५ रन मात्र बनाउन सक्यो ।

उसको लागि टम वान्टनले ६४, म्याट रेन्सा ३९, बेन कटिड.ले १२ रन बनाए अरुले दोहोरो अंकमा रन जोड्न सकेनन ।

ब्रिसबेन हिटलाई रोक्ने क्रममा मेलबर्न स्टार्सका आदम जाम्पाले ३, हरिफ रौफ र डानियल वारलले २ । २ तथा नेपालका सन्दीप लामिछानेले १ विकेट लिए ।

खेलमा पहिले ब्याटिड गरेको मेलबर्न स्टारले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६७ रन बनायो ।

सुरुवात खराब गरेको मेलबर्नले ९ रनमा पहिलो विकेट गुमाएको थियो ।

त्यसपछि ७४ रन बनाउँदा चार विकेट खेर फालेको स्टार्सका लागि मार्कुस स्टोनीसले १६, हिल्टोन कार्टराईटले १८, पिटर ह्याण्ड्सकोपले २० तथा बेन डुंकले ११ रन बनाए । यस्तै निक म्याडिन्सनले ८ रनको योगदान गरे ।

मेलबर्नलाई रोक्ने क्रममा ब्रिसबेनका जोश लालोर, म्याट रेन्सा, जाहिर खाँ, बेन लांघलिन, मिचेल स्वेप्सन, बेन कटलिडंले समान १ ।१ विकेट लिए ।

Share Now

Leave a comment.