Prakash Adhikari January 13, 2020

इस्लामावाद(पाकिस्तान),२८ पौष(एजेन्सी) । पाकिस्तानका पूर्वराष्ट्रपति तथा सैनिक शासक परवेज मुसर्रफलाई सुनाइएको मृत्युदण्ड फैसलामा अदालतले माफी दिएको छ । सोमबार लाहोरस्थित उच्च अदालतले मुसरर्फलाई माफी दिने फैसला सुनाएको हो । उच्च अदालतले उनलाई सुनाइएको सजाय असंवैधानिक भएको ठहर गरेको जनाएको छ ।

मुसरर्फलाई त्यहाँको विशेष अदालतले केही वर्षअघि संकटकाल लगाएको आरोपमा डिसेम्बर १७ मृत्युदण्डको सजाय सुनाएको थियो । लाहोर उच्च अदालतले पूर्वराष्ट्रपति मुसरर्फको सजाय माफ गरेको फैसला सुनाउँदै भनेको छ, मुसरर्फका विरुद्ध दर्ता भएको रिट गैरकानुनी र अवैधानिक छ ।

त्यसकारण उच्च अदालतले विशेष अदालतको फैसला उल्टाएको छ ।’ मुसरर्फका पक्षबाट एक अधिवक्ताले विशेष अदालतको मृत्युदण्डको सजायका विरुद्धमा उच्च अदालतमा रिट दायर गरेका थिए ।

Share Now

Leave a comment.