Prakash Adhikari January 14, 2020

 

लण्डन(संयुक्त अधिराज्य), २९ पौष । बेलायती महारानी एलिजावेथले आफ्ना नाती ह्यारी र उनकी पत्नी मेगनलाई राजपरिवारको जिम्मेवारीबाट आंशिकरुपमा स्वतन्त्र रहँदै बेलायत र क्यानडा दुवैतर्फ समय विताउन स्वीकृति दिनुभएको छ।

त्यसलाई संक्रमणकालिन अवधि बताइएको छ।

महारानीले आफूले ह्यारी र मेगन दुवै पूर्णकालिनरुपमैं राजकीय जिम्मेवारीमा नै रहेको देख्न चाहे पनि दुवैको चाहनाप्रति पूर्णरुपमा सहयोग गर्दै त्यस्तो निर्णय गरेको बताउनुभएको हो।

महारानीले त्यससम्बन्धी अन्तिम निर्णय आउने दिनमा गरिने बताउनुभएको छ। उहाँले सोमबार एक विज्ञप्ति जारी गरी सो निर्णय सार्वजनिक गर्नुभएकोहो।्

ह्यारी दम्पत्तीले आफूहरु राजपरिवारको जिम्मेवारीबाट टाढा रहन चाहेको बताएपछि बेलायतको शाही परिवार उनीहरुको भूमिकाबारे छलफल गरिरहेको थियो।

‘म र मेरो परिवार ह्यारी र मेगनको नयाँ जीवन सिर्जना गर्ने चाहनाप्रति पूर्णरुपमा सहयोगी छौं,’ महारानीद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

राजकुमार ह्यारी र उहाँकी पत्नी मेगनले केहि दिनअघि राजपरिवारको जिम्मेवारी त्यागेर आर्थिक रुपमा आत्मनिर्भर हुन आफ्नै तरिकाले काम गर्ने घोषणा गर्नुभएको थियो।

Share Now

Leave a comment.