Prakash Adhikari January 19, 2020

भरतपुर(चितवन),५ माघ । जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पत्रकार रवि लामिछानेलाई निर्दोष ठहर गरेको छ।

अदालतले आत्महत्या दुरुत्साहनको अभियोग लागेका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई पनि सफाई दिएको छ ।

जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले आइतबार अन्तिम फैसला सुनाउँदै सबैलाई सफाइ दिएको हो।

रावलकै इजलासले भदौ ९ गते लामिछानेलाई पाँच लाख, कँडेललाई तीन लाख र कार्कीलाई साधारण तारेखमा छाडेको थियो।

Share Now

Leave a comment.