Prakash Adhikari January 20, 2020

 

काठमाडौं, ५ माघ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि तीन जनाको नाम सिफारिस भएको छ।

बोर्डको सीईओ छनोट समितिले धनञ्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंह ऐरको नाम सिफारिस गरी बोर्डमा पठाएको हो।

बोर्डको सञ्चालक समितिले बनाएको सीईओ छनोट समितिको आइतबारको बैठकले नयाँ सीइओ नियुक्तिका लागि तीन जनालाई सिफारिस गरेको हो।
तीन जनाको नामबाट १ जना बोर्डको सीईओ बन्नेछन्। बोर्डको बैठक सोमबार बस्दैछ।

सीईओका लागि कुल १७ जनाले आवेदन दिएका थिए। तीमध्ये प्रारम्भिक रुपमा ९ जनाको नाम छनोट भएको थियो।

त्यसमध्ये अन्तिम तीन जनाको नाम सिफारिस भएको हो। ती तीन जनाबाट बोर्ड बैठकले एक जनालाई सीईओ छान्नेछ।

Share Now

Leave a comment.