काठमाडौं, १९ माघ । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३० करोड ७ लाख ८७ हजार ३ सय ८४ रुपैयाँ नाफा आर्जन गरेको छ ।
बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा २२.६१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ६ करोड ८ लाख ९६ हजार ७९० रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ८६ करोड ५९ लाख ५८ हजार ७ सय ४ रुपैयाँ रहेको छ ।
बैंकको नाफा बढ्नुमा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफाको सहयोग देखिएको छ । बैंकले गत आवको सोही अवधिमा १ अर्ब ७७ करोड २२ लाख ३ हजार २ सय ३३ रुपैयाँ खुद ब्याज आम्दानी रहेको थियो ।
चालु आवको सोही अवधिमा आईपुग्दा २ अर्ब १६ करोड ४६ लाख १० हजार ३६ रुपैयाँ रहेको छ ।
गत आवको दोस्रो त्रैमासमा १ अर्ब ५१ करोड ४४ लाख ६८ हजार १५८ रुपैयाँ सञ्चालन मुनाफा गरेको बैंकले चालु आवको ६ महिनामा आईपुग्दा १ अर्ब ८५ करोड ३७ लाख ५६ हजार ६२ रुपैयाँ मुनाफा गरेको हो।
९ अर्ब ६८ करोड ६८ लाख ५१ हजार ७ सय रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब १९ करोड ६७ लाख ३१ हजार २५३ रुपैयाँ रहेको छ ।
बैंकले ८० अर्ब ३४ करोड ३५ लाख ३४ हजार ९६० रुपैयाँ निक्षेप संकलन गरेको छ भने ८० अर्ब ९१ करोड ५४ लाख ४२ हजार ९१७ रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको खराब कर्जा १.५८ प्रतिशतबाट घटेर १.४५ प्रतिशतमा आइपुगेको छ ।
बैंकको प्रति सेयर आम्दानी २६.८६ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १५८.४१ रुपैयाँ छ । बैंकको आधार दर ९.४५ प्रतिशत छ भने स्प्रेड दर ५.११ प्रतिशत छ ।
ओम विकास बैंक प्राप्ति गर्ने प्रक्रिया अन्तिम समयमा भंग भएपछि कन्काई विकास बैंक गाभिसकेको प्राइमले कैलाश विकास बैंकलाई गाभ्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ ।


















