Prakash Adhikari February 2, 2020

काठमाडौं, १९ माघ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २२औ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

बैंक संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि चुक्ता पुजीको ०.७८९४७ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।

सभाबाट पारित १५ प्रतिशत बोनस शेयर बितरण पश्चात बैंकको चुक्तापूजी ९ अर्ब ३५ करोड ३९ लाख १६ हजार पुग्ने भएको छ ।

साथै महिला संचालक निर्वाचन गर्ने प्रयोजनका लागि बैंकको नियमावलीमा पहिलो पटक सर्वसाधारण शेयरधनी समूहबाट, दोस्रो पटक संस्थापक शेयरधनी समूहबाट र त्यसपछि यही क्रमले आलोपालो प्रणालीबाट निर्वाचन हुने ब्यवस्था गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७६÷७७ को लेखापरीक्षण कार्यका लागि पी.जे. थापा एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टस्लाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७५÷६५ मा ७३ खर्ब ३८ करोड निक्षेप परिचालन गरी रु.६३ अर्ब २३ करोड कर्जा प्रवाह गरेको छ साथै उक्त वर्षमा कर तथा बोनस पछि रु. १ अर्ब २ करोड खुद मुनाफा आर्जन गरेको छ ।

Share Now

Leave a comment.