Prakash Adhikari March 2, 2020

वाशिड.टन(संयुक्त राज्य अमेरिका), १९ फागुन । यस बर्ष हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेद्वार हुने प्रायः निश्चित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरुद्ध डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेद्वार हुने व्यक्तिको टुंगो आज लाग्ने भएको छ ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा पार्टीभित्रको उम्मेद्वार चयनको प्राथमिक प्रक्रिया अन्तरगत भोलि निर्णायक चरणको मतदान हुँदैछ । अमेरिकाको अलबामा, आर्कान्सस, क्लालिफोर्निया,कोलोराडो, मायमी, मासाचुटेस्,मिनिसोटा, नर्थ क्यारोलाइना, ओक्लोहामा, टेनेसी,टेक्सास, भरमाउण्ट र भर्जिनियामा सुपर टुइस्डे अर्थात मार्चको पहिलो मंगलबार आज हुने निर्वाचनले भावि उम्मेद्वारको नाम तय गर्ने बताइएको छ ।

डेमोक्र्याटिक पार्टी

यद्यपि यसपछि पनि अन्य राज्यहरुमा प्राथमिक निर्वाचन हुनेभए पनि धेरै राज्यको एकसाथ हुने भोलिको निर्वाचनको हावाले नै अन्य राज्यलाई प्रभावित पार्ने बताइएको छ ।

५ आकांक्षीले छोडे दौड

डेमोक्रयाट्सहरुको तर्फबाट राष्ट्रपतिको उम्मेद्वारको प्रारम्भिक दौडमा पार्टीको समर्थन जुटाउन निस्केका  आकांक्षी मध्ये ४ राज्यको निर्वाचनको परिणाम सार्वजनिक भएपछि ५ आकांक्षीहरु यो दौडबाट अलग भएका छन् ।

प्रारम्भिक निर्वाचनमा सामेल भएका मध्ये एन्ड्यू वाड., माइकल बेनेट, डेभल प्याट्रिक, टम स्टेलर र पीट बुटीगिएगले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् ।

गत शनिवार साउथ क्यारोलिनामा भएको ककस अर्थात आन्तरिक निर्वाचनपछि टम स्टेयर, पिट् बुटिगियगले आफूले राष्ट्रपतिको निर्वाचनको दौड परित्याग गरेको घोषणा गरेका हुन् ।

 

democratic primary polls cacus को छविको परिणाम

साउथ क्यारोलाइनामा बाइडेनले ४८.४ प्रतिशतको समर्थन पाए भने वर्नीले १९.९ प्रतिशतको । टम स्टेयरले ११.३ को मन जिते भने पीट बुटीगिएगले ८.३ प्रतिशतको साथ पाएका थिए । एलिजावेथ वारेनले ७.१ प्रतिशत प्रतिनिधिको विश्वास जितेकी थिइन । क्यारोलाइनाको ककस पछि नै तेस्रो स्थानमा रहेका टम स्टेयर र चौथो स्थानका बुटिगिएगले निर्वाचनको दौडबाट आफूलाई अलग गरेका हुन ।

विश्व शक्ति राष्ट्र अमेरिकाको राष्ट्रपति बन्नका लागि पार्टीको समर्थन लिन पूर्व उपराष्ट्रपति तथा अमेरिकी सिनेटर जो बाइदेन, अमेरिकी सिनेटर बर्नि स्याण्डर्स, न्यूयोर्क नगरका पूर्व मेयर तथा बुमबर्ग कम्पनीका मालिक माइकल आर बुमबर्ग, मासाचुटेट्सकी सिनेटर एलिजावेथ वारेन, मिनेसोटाकी सिनेटर अमी क्लोबुचर र हवाईकी अमेरिकी प्रतिनिधिसभा सदस्य तुलसी गब्बार्ड मैदानमा उत्रिएका छन् ।

सुरुमा डेमोक्रयाट पार्टीबाट राष्ट्रपतिको आकांक्षा राख्नेहरुमध्ये रिचर्ड ओजेडा, एटिक सलवेल, माइक ग्राभेल, जोन हेकेन लुपर, जो इन्सली, सेथ माउल्टन, क्रिस्टिन गिलि बाण्ड, बिल डे ब्लासियो, टिम रियान, बेटो ओ रोरकी,वेयन मिसाम,जो सेस्तक,स्टीभ बुलक, कमला ह्यारिसन,मेरियाम विलियम्सन,केरी ब्रोकर र जोन डिनालीले प्रारम्भिक चरणको निर्वाचन प्रक्रिया सुरु हुनुपूर्व नै आफ्नो उम्मेद्वारी फरक फरक मितिमा फिर्ता लिएका थिए ।

वर्नि सेण्डर्स र वाइदेनमा को ?

अमेरिकी सञ्चारमाध्यमहरुमा जनाइए अनुसार डेमोक्र्याटिक पार्टीका चारवटा राज्यका आन्तरिक प्रतिष्पर्धामा सिनेटर बर्नी स्यान्डर्स र जोन वाइदेनतर्फ डेमोक्रेट पार्टीका समर्थकको मत आकर्षित हुँदै गएको छ ।

GP: US-VOTE-2020-DEMOCRATS-DEBATE: Joe Bidne Bernie Sanders

 

अहिलेसम्म भएका चार स्थानको डेमोक्र्याटिक ककसमध्ये बर्नी २ स्थानमा अगाडि देखिए भने जो बाइदेनले एकमा । पहिलो पटक भएको आइओवाको ककसमा नतिजा निस्केन । जहाँ पीट बुटीजजसंग बर्नीले बराबरीमा चित्त बुझाउनु पर्यो । त्यसैगरी न्यु ह्याम्पसायर र नेभाडामा बर्नीले स्पष्ट जित हात पारी दुई स्थानमा आफ्नो पकड देखाए । नेभाडाको प्रतिष्पर्धामा बाइडेन दोस्रो स्थानमा आए । राष्ट्रपतिका आकांक्षी एलिजावेथ वारेन, अमी क्लोचर, तुलसी गब्बार्ड र माइकल ब्लुमबर्गको अवस्था मजबुत देखिएको छैन ।

हालसम्म सम्पन्न ४ राज्यको निर्वाचन परिणाममा बर्नि सेण्डर्स अगाडि देखिएका छन् । उनलाई ६० प्रतिनिधिको समर्थन मिलेको छ । २ राज्यमा जितेका उनलाई २४.४७ मत प्राप्त छ । दोस्रो स्थानमा जो वाइदेन छन् । १ राज्यमा जितेका उनको पक्षमा ५४ प्रतिनिधि र २९.४९ प्रतिशत मत देखिएको छ । तेस्रो स्थानमा सेनेटर एलिजावेथ वारेन देखिएकी छन् । ८ प्रतिनिधिको साथ पाएकी उनलाई १० प्रतिशत मतदाताले मन पराएका छन् ।

त्यस्तै अमी क्लोबुचरलाई ७ जना प्रतिनिधिको समर्थन देखिएको छ भने ९.४९ प्रतिशत मतदाताले मन पराएका छन् । तुलसी गब्बार्डलाई १. ५ प्रतिशत मतदाताले रुचाएका छन भने माइकल बुमबर्गलाई ०. ४४ प्रतिशत मतदाताले ।

‘सुपर ट्युस्डे’ अर्थात मार्च ३ को ककस महत्वपूर्ण

मार्च तीन तारिखमा हुने डेमोक्र्याटिक उम्मेदवारहरूको आन्तरिक निर्वाचनले लगभग ट्रम्पसँग को भिडने भन्ने तय गर्न सक्ने अनुमान गरिएको छ । आज १५ स्थानमा आन्तरिक निर्वाचन हुनेछ भने जसमा १ हजार ३ सय ४४ प्रतिनिधिहरूको टुङ्गो लाग्ने छ । ती प्रतिनिधिहरू कसको पक्षमा धेरै हुन्छन त्यसले पनि आगामी राष्ट्रपतिको उमेदवारको बाटो सहज बनाउने छ ।

democratic primary polls cacus को छविको परिणाम

हुन त त्यसपछि पनि अन्य स्थानमा आन्तरिक प्रतिस्पर्धाहरू हुने नै छन । तर धेरै प्रतिनिधिहरू सामेल हुने हुँदा मार्च तीन तारिखलाई सुपर ट्युस्डे भनिएको हो ।

अन्तिममा बर्नी र जो बाइडेनविच नै प्रतिस्पर्धा हुने देखिन्छ । वाइदेनलाई डेमोक्र्याटिक दलको संस्थापन पक्षको आशीर्वाद प्राप्त भनिएको छ । बर्नीप्रति डेमोक्र्याटिक पार्टीका अधिकांशको समर्थन बढ्दैछ ।

Share Now

Leave a comment.