Prakash Adhikari March 3, 2020

 

काठमाडौं, २० फागुन । मृगौला प्रत्यारोपणको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको आज डायलासिस गरिएको छ।

प्रधानमन्त्री ओलीको छाती, मुटु, पेटलगायतको चेक जाँच गर्दा सबैकुरा राम्रो देखिएको उहाँको स्वास्थ्योपचारमा संलग्न डा अरुण सायमीले बताउनुभयो।

डा. सायमीका अनुसार आज डायलासिस पनि सम्पन्न भयो । छाती, मुटुलगायत सबै रिपोर्ट राम्रो आयो, भोलि बिहान ठीक ९ बजे प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सुरु हुन्छ । उहाँले नेपाली चिकित्सकहरुको टिमले नै प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गर्नेछ । भारतबाट आउने विशेषज्ञ डाक्टरहरु आकस्मिक र आवश्यक सहयोगीको रुपमा रहनुहुनेछ ।

डा सायमीका अनुसार प्रधानमन्त्री उच्च मनोबल लिएर अस्पतालमा बस्नुभएको छ । उहाँ एक हप्तापछि क्याविनेट बैठक उपस्थित हुनसक्ने विश्वास व्यक्त गर्नुभएको छ ।

दोस्रो पटकको मिर्गौला पत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएको हो।
उहाँलाई झापाकी २६ बर्षीय समीक्षा संग्रौलाले मिर्गौला दान प्रदान गर्दैछिन् ।
६९ वर्षीय प्रधानमन्त्री ओलीको २०६४ साउनमा भारतको एपोलो अस्पतालमा पहिलोपटक मिर्गौलाको प्रत्यारोपण गरिएको थियो।

Share Now

Leave a comment.