Prakash Adhikari January 18, 2018

काठमाडौं, ४ माघ । नेपाल फिफा बरियता अन्तर्गत जनवरी महिनाको लागि ६ स्थान माथि उक्लिएको छ।

नेपालले समग्र १ सय २ अंक प्राप्त गर्दै १ सय ६५ औ स्थानमा रहेको छ। यस अगाडि नेपाल १ सय ७१ औ स्थानमा रहेको थियो ।

दक्षिण एशियामा फुटबलमा भारत सबैभन्दा शीर्षस्थानमा छ । भारत विश्व फुटबलमा ३ स्थान माथि उक्लेर १ सय २ स्थानमा पुगेको छ।

यस पछिको स्थान अफगानिस्तानको रहेको छ । एक स्थान खस्के पनि उसले १ सय ४७ औं स्थान ओगटेको छ । त्यसपछि को स्थान माल्दिब्सको छ । यो सानो टापू मुलुक पाचौं स्थान उक्लेर विश्व फुटबलको १ सय ५० औं स्थानमा पुगेको छ ।

१ सय ६५औं स्थान ग्रहण गर्दै दक्षिण एशियाको चौथो स्थान नेपालले ओगटेको छ ।

दक्षिण एशियामा पाँचौ स्थानमा भुटान रहेको छ । विश्व फुटबलमा एक स्थान खस्केर भुटान १ सय ८८ औं स्थानमा रहेको छ । विश्व फुटबलमा पाँच स्थान खस्केर १ सय ९७ स्थानमा पुगेको बङ्लादेश दक्षिण एशियामा छैठौं स्थानमा रहेको छ ।

विश्व फुटबलमा २ सयौं स्थानमा रहेको श्रीलंका दक्षिण एशियामा सातौं स्थानमा रहेको छ । विश्व फुटबलको २ सय १ औं स्थानमा रहेको पाकिस्तान दक्षिण एशियामा आठौं स्थानमा रहेको छ ।

विश्व फुटबलको वर्गीकरणमा जर्मनी नम्बर शीर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानमा ब्राजिल र तेस्रो स्थानमा पोर्चुगल रहेका छन् ।

Share Now

Leave a comment.