Prakash Adhikari January 18, 2018

पोखरा, ४ माघ । पोखराकोअर्मलामा माघ ८ गते पर्वतीय दौडको आयोजना गरिने भएको छ ।
बुधबार पोखरामा एक पत्रकार सम्मेलनको आयोजना आयोजक अर्मला युवा दुर्गा क्लबका अध्यक्ष गंगा बहादुर गुरुङले यसको जानकारी दिएका हुन् ।
१० किलोमिटरको दौड पोखरा बाटुलेचौर विन्दयबाशिनी मावीबाट सुरु भई अर्मला कोटमा पुगि सम्पन्न हुने छ ।

युवाहरुलाई समाज परिवर्तनका लागि खेलकुदको महत्व उजागर गर्दै अर्मलामा पराम्परागत श्रीपञ्चमी मेला तथा संस्कृतीको संरक्षण गर्न पर्वतीय दौड संगै खुल्ला पुरुष भलिबल, छेलो हान्ने प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिएको छ ।

आयोजक अर्मला युवा दुर्गा क्लबका अध्यक्ष गंगाबहादुर गुरुङका अनुसार खुल्ला भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजार र दोश्रोले २५ हजार साथमा कप, मेडल र प्रमाणपत्र पाउने छन ।

त्यसैगरि पर्वतीय दौडमा प्रथम हुनेले नगद १५ हजार, दोश्रोले १० र तेश्रोले ५ हजारका साथमा पदक तथा प्रमाणपत्र प्राप्त गर्ने छन । सान्त्वना हुने दुई जनालाई नगद १ हजार ५ सय प्रदान गरिनेछ ।
छेलो प्रतियोगितामा प्रथमले ३ र दोश्रोले १ हजार तथा १६ वर्ष भन्दा मुनीको प्रथमलाई नगद १ हजार र दोश्रो लाई ५ सय प्रदान गरिनेछ ।

प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गर्न अर्मलाकोट युके परिबार तथा याक यति याक नेप्लीज रेष्टुरेन्ट, वाथ युकेका शेरबहादुर गुरुङले गरेका छन ।

उक्त कार्यक्रमको सह–प्रायोजन खेपना प्रतिष्ठान, अर्मला विकास मंचले गरेका छन ।

माघ ८ गते नै अर्मला परिवार युकेको सहयोगमा अर्मला कोटमा करिव ५३ लाखको लागतमा नव निर्मित प्यारापिट सहितको बास्केटबल तथा भलिबल कोर्ट समुदायमा हस्तान्तरण गरिने कार्यक्रम रहेको नेपाल बास्केटबल संघका उपाध्यक्ष एवम अर्मला निवासी जुम गुरुङले बताए ।

उक्त कार्यक्रमका लागि अर्मला युके परिवारले क्लबलाई ५० थान टिशर्ट समेत पठाएको छ ।

पत्रकार सम्मेलनमा युकेबाट अर्मला निवासी शेरा गुरुङले पठाएको नगद ७५ हजार र वुद्धी गुरुङ, सम्मरबहादुर गुरुङ, जीवन गुरुङ, तथा सुनिल गुरुङबाट प्राप्त नगद ६९ हजार गरि नगद १ लाख ४४ हजार बास्केटबल तथा भलिबल कोर्टका निर्माण संयोजक डब्लु।ओ।वान जितबहादुर गुरुङलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा नेपाल आलोम्पिक कमिटीका सदस्य तेज गुरुङले पनि खेलका विविध पक्षमा प्रकाश पारेका थिए ।

अर्मला प्रतिष्ठानका अध्यक्ष कर्ण बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका सचिब डम्मरबहादुर गुरुङले उक्त कार्यक्रममा सहभागिताका लागि सबैलाई आह्वान गरेका छन ।

Share Now

Leave a comment.