काठमाण्डौ, ४ माघ । टेकेन खड्काले निर्माण गरेको मिस्टर झोले फिल्मले प्रदर्शनको पाँच दिनमा २ करोड २२ लाख रुपैया संकलन गरेको छ ।
केही महिना यता नेपाली फिल्मको व्यापारमा मन्दी आईरहेको अवस्थामा शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘मिस्टर झोले’ले यो व्यापार आशातित मानिएको छ ।
कठ्यांग्रीदो जाडोका बीच पनि फिल्म हेर्ने दर्शकको संख्या उल्लेख्य रहेको वितरक गोविन्द शाही बताउँछन् । उनले सार्वजनिक गरेको फिल्मको ५ दिने कलेक्सन रिपोर्टमा प्रदर्शनको २ दिनमा १ करोड १० लाख कलेक्सन गरेको फिल्मले बाँकी ३ दिनमा १ करोड १२ लाख कमाउन सफल भएको छ ।
फिल्मले प्रदर्शनको ५ दिनमा कूल २ करोड २२ लाखको विजनेश गरेको वितरक शाहीले जानकारी दिए ।
योसँगै अब फिल्मको मुनाफा यात्रा सुरु भएको छ ।
निर्माता टेकेन खड्का छैटौं दिनसम्म पनि दर्शकको चापमा कमी नआएको बताउँछन् ।
देशका केही मुख्य स्टेशन बुधवार पनि हाउसफुल थिए ।
बिहिबार सोनम ल्होसारको बिदामा दर्शक अझ बढ्नेमा निर्माता समूह आशावादी छ ।
टिपिकल गाउँले स्वाद पस्किएको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि उनकै हो ।
रौनक बिक्रम कँडेल कार्यकारी निर्माता रहेको यो फिल्मलाई शैलेन्द्र डी। कार्कीले छायांकन गरेका हुन् ।
रिलिजपूर्व नै हिट बनेको ुओखतीु बोलको गीतले पनि फिल्मको व्यापारमा ठूलो सहयोग पुगेको छ ।
यो फिल्ममा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
२०७० सालमा निर्माण भएको निर्देशक दीपेन्द्र के। खनाल निर्देशित तथा टेकेन खड्काको निर्माणमा बनेको फिल्म ‘झोले’ टाईटल ब्रान्डलाई प्रयोग गरि टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा ‘मिस्टर झोले’ निर्माण गरेको हो ।