Prakash Adhikari January 18, 2018

काठमाडौं, ४ माघ । नेपाली कांग्रेसको केन्दीय समिति बैठकमा शुक्रबार पुन बस्ने भएको छ।

बैठक बिहिबार बिहान ११:०० बजेबाट सुरु भएको  थियो ।

केन्द्रीय समिति बैठक भोली ११ बजे पुनः बस्ने छ।

राष्ट्रिय सभाको निर्वाचनमा पार्टीबाट दिइने उम्मेद्वारीको क्राइटेरिया, उम्मेदवारहरुको चयन, एकल संक्रमणीय मतदानबारे प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई प्रशिक्षण, प्रदेशमा सरकार निर्माण, पार्टीको प्रदेश समिति निर्माण, पार्टीको प्रदेश सभाको संसदीय दलको विधानको तर्जुमा लगायत विषयमा छलफल गरिने एजेण्डा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले राखे पनि बैठकका अधिकांश वक्ताहरुले पार्टीले बैशाखदेखि शुरु भएको स्थानीय तह निर्वाचन र हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभामा व्यहोरेको अनपेक्षित पराजयका सम्बन्धमा समीक्षा गर्नुपर्ने माग राख्दै पार्टी र सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेकोमा पार्टी सभापति तथा प्रधानमन्त्री देउवाको चर्को आलोचना गरेका थिए ।

पार्टी सभापति र प्रधानमन्त्रीको कार्यशैलीको तिखो आलोचना गरेपछि केन्द्रीय सदस्य कल्याण गुरुड.लाई बोल्दाबोल्दै रोकिएको थियो ।

सहभागीहरुले बताए अनुसार प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने विषयमा पनि केन्द्रीय सदस्यहरुले मतभिन्नता प्रकट गरेका थिए । केन्द्रीय सदस्य दीपक गिरिले सरकारले गठन गरेको समितिले दाड.लाई प्रदेशको अस्थायी राजधानी बनाउन सिफारिस गर्दागर्दै पनि रुपन्देहीलाई केन्द्र तोकिएकोमा तीव्र असन्तुष्टी जनाएका थिए ।

बिहिबारको बैठकमा बोल्ने अर्जुननरसिंह के.सी., कल्याण गुरुड.,नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, प्रदीप पौडेल, दीपक गिरि सहितका केन्द्रीय सदस्यहरुले पार्टी सभापति तथा प्रधानमन्त्री देउवाको कार्यशैली र नेतृत्व क्षमताको चर्को आलोचना गरेका थिए ।

बैठकमा महेन्द्र यादव र विमलेन्द्र निधिले भने पार्टी सभापति तथा प्रधानमन्त्रीको वचाउ गरेका थिए ।

 

Share Now

Leave a comment.