Prakash Adhikari March 22, 2020

नयाँदिल्ली(भारत), ९ चैत्र । भारतमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । आज बिहार र महाराष्ट्रमा थप एक एक जनाको मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो ।

यस पहिले नै महाराष्ट्र,दिल्ली,पञ्जाब र राजस्थानमा एक एक व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भैसकेको थियो ।

भारतको अधिक जनसंख्या भएको बिहारमा आज कोरोनाबाट पहिलो मृत्यु भएको जनाइएको छ ।

यस्तै आजै महाराष्ट्रमा एक ६३ बर्षीय व्यक्तिको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । मधुमेह र उच्चरक्तचाप सहितका अन्य रोगबाट पीडित उनको मृत्युसंगै महाराष्ट्रमा कोरोनाबाट पीडित मृतकको संख्या दुई भएको छ ।

महाराष्ट्र के स्वास्थ्य विभागका अनुसार आइतबार महाराष्ट्रमा १० नयाँ संक्रमणका विरामी भेटिएका छन् । जसमा मुंबईमा ६ र पुणेमा ४ जना रहेका छन् । राज्यमा अहिलेसम्म ७४ जनामा संक्रमण देखिएको छ ।

इंडियन मेडिकल रिसर्च एसोसिएशनका अनुसार भारतमा हालसम्म ३ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

Share Now

Leave a comment.