Prakash Adhikari March 29, 2020

 

काठमाडौं, १६ चैत। विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको परीक्षण र उपचारको लागि सरकारले चीनमा अर्डर गरेका स्वास्थ्य सामग्रीको पहिलो खेप नेपाल आइपुगेको छ ।

संक्रमितहरुको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री चीनकोे ग्वाड.जाओबाट लिएर नेपाल उडेको नेपाल वायुसेवा निगमको जहाज आज बिहान ५ :३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको छ ।ती सामग्री लिन निगमको वाइबडी जहाज शनिवार १२ : ३० मा ग्वाङ्झाओ गएको थियो ।

स्वास्थ्य मन्त्रालयले चीन सरकारसँग विभिन्न १९ किसिमका सामान माग गरेको थियो। कोरोना भाइरसविरुद्धको अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयले २० हजार थान पर्सनल प्रोटेक्टिभ इक्वीपमेण्ट(पीपीई), २० हजार थान एन ९५ मास्क, १०० थान पोर्टेबल भेन्टिलेटर माग गरेको थियो।

त्यसैगरी, मन्त्रालयको सूचीमा मोनिटर– २,००० थान, एबिजी मेसिन– २० थान, भाइरल डिटेक्टिङ पिसिआर मेसिन, २० थान अक्सिजन प्लान्ट, ५ थान रिएजेन्ट फर कोरोना भाइरस आइडेन्टिफिकेसन, १०,००० थान इन्ट्युवेटिङ सेट, २,००० थान इन्फेक्सस डिजिज मोबाइल एम्बुलेन्स, ७ थान सिआरआरटी मेसिन, २० थान पिसिआर किट्स र २,००० थान थर्मल थर्मोमिटर रहेका छन्।

सरकारले १,००० थान थर्मो स्क्यानर, १० थान मेडिकल सुविधा सहितको मोबाइल एम्बुलेन्स र ५ थान जसमा मेडिकल सुविधासहितको मोबाइल एम्बुलेन्ससहित रिएजेन्ट फर कोरोना भाइरस आइडेन्टिफिकेसनसम्मका सामग्रीसमेत माग गरेको थियो।

चिनियाँ जहाज काठमाडौं प्रस्थान

https://twitter.com/PRCAmbNepal/status/1244016208992583681

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सिचुआन प्रान्त सरकार, सिचुआन प्रान्तीय लगानी समूह, चिनियाँ दूतावास, ज्याक मा फाउन्डेसन र अलिबाबा फाउन्डेसनले दिएका आपतकालीन सामाग्रीहरू बोकेर चिनियाँ जहाज काठमाडौं प्रस्थान गरेको जानकारी दिनुभएको छ ।

यसैबीच चीनबाट ल्याउँदै गरिएको केही सामान तिब्बतमै रोकिएका छन् । बेइजिङस्थित बेइजिङ म्युनिसिपल ट्रेड एण्ड कमर्स व्यूरोले कोभिड–१९ विरुद्ध लड्न नेपाललाई २ हजार टेस्ट किट सहयोग गरेको थियो। उक्त टेस्ट किट बुधबार बेइजिङस्थित नेपाली दूतावासमा सहयोग हस्तान्तरण गरिएको थियो। शनिबारै तातोपानी नाका हुँदै काठमाडौं आइपुग्ने भनिएका ती सामानको गुणस्तरमा प्रश्न उठेपछि ल्हासामै रोकिएको बताइएको छ । इन्टरनेशनल इन्भेस्टमेन्ट एण्ड कोअपरेशन कन्सल्टिङ कम्पनीको पहलमा ती टेस्ट किट नेपाल ल्याइँदैथियो। यी टेस्ट किटबाट २ हजार जनाकै कोरोना परीक्षण गर्न सकिने बताइएको थियो।
नेपालमा किट सकिँदै गएकाले ल्याउन लागिएको ती सामग्री चीन सरकारले अनुदानमा दिन लागेको स्वास्थ्य सुरक्षा सामग्रीको सूचीमा समावेश नभएको तिब्बत सरकारले ती सामग्री रोकेको बताइएको छ।

 

Share Now

Leave a comment.