Prakash Adhikari March 29, 2020

म्याड्रिड(स्पेन),१६ चैत्र (एजेन्सी) । कोरोना भाइरसका कारण स्पेनकी राजकुमारी ८६ वर्षीया मारिया टेरेसाको मृत्यु भएको छ।

उहाँको कोरोना भाइरसका कारण निधन भएको स्पेनका सञ्चारमाध्यमले जनाएका छन्।

टेरेसा स्पेनको बोउरबोन–पर्मा राजकीय परिवारकी सदस्य हुनुहुन्थ्यो। युवराज सिक्टस हेनरीले शनिबार राजकुमारी टेरेसाको मृत्यु भएको पुष्टि गर्नुभएको छ ।

युवराज्ञीका कुनै सन्तान छैनन्। उहाँ भतिजाभतिजीको आश्रयमा रहँदै आउनुभएको हो ।

यसअघि बेलायती राजकुमार चार्ल्समा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो।

Share Now

Leave a comment.