Prakash Adhikari April 25, 2020

वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), १३ बैशाख । विश्व शक्ति राष्ट्र अमेरिकामा कोरोनाभाइरसबाट मर्नेको संख्या ५० हजार नाघेको छ ।

वल्र्डोमिटर इन्फोले राखेको अभिलेख अनुसार शुक्रबारसम्म अमेरिकामा कोरोना भाइरसबाट  ५२ हजार १ सय ८५ जनाको मृत्यु भएको  छ । शुक्रबार मात्रै अमेरिकामा १ हजार ९ सय ५१ जनाले जीवन गुमाएका छन् । शुक्रबार एकै दिन ३८ हजार ७ सय ६४ जना नयाँ बिरामी थपिएका छन् । देशभर  ९ लाख २५ हजार ३८ जना संक्रमित भएका छन् ।  संक्रमित मध्ये १५ हजार ९७ जनाको अवस्था ज्यादै गम्भीर छ भने ११ लाख ४ सय ३२ जना उपचारपछि स्वस्थ भएका छन् ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन भने जनसंख्याको अनुपातमा अमेरिकाको कोरोनाभाइरसबाट मृत्यु हुनेहरुको संख्या युरोपका कैयौ देशको भन्दा कम रहेको दाबी गरिरहेको छ ।

Volunteer wearing mask in NYC

यस्तो तर्क उनीहरुले हप्तौ लामो लकडाउन खुलेपछि गर्न थालेका हुन् ।

जर्जिया,अलस्का र ओक्लोहमामा शुक्रबार केही हेयर कटिड. शैलुन लगायत साना व्यवसायहरु खुलेका थिए ।

कोरोना भाइरसको मृत्यु र संक्रमणका घट्ना गणनामा विश्वमा संयुक्त राज्य अमेरिका सबैभन्दा माथि देखिन्छ । यसको ३३ करोड जनसंख्या कोरोना भाइरसबाट अत्यधिक पीडित स्पेन र इटाली जस्ता देशको भन्दा बढी हो ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसको कोरोनाभाइरस संक्रमण(कोभिड १९) हेर्ने कार्यदलका एक विज्ञ डा. डेबोराह ब्रिक्सले भन्नुभएको छ, ‘हाम्रो देश संसारभरीमा सबैभन्दा कम मृत्युदर हुनेमध्ये एकमा पर्दछ ।’

प्रति व्यक्ति जनसंख्याको आधारमा हालको अमेरिकाको अभिलिखित मृत्युदर स्पेन, इटाली,फ्रान्स,बेल्जियम र बेलायतको भन्दा कम छ ।

Graphic showing death tolls round world

यसरी हेर्दा अमेरिका अन्य देशभन्दा राम्रो स्थितिमा रहेको देखिए पनि समग्र तस्वीर त्यस्तो छैन ।

यूरोपका धेरै देशहरुमा जनसंख्याको तुुलनामा मृत्युदर अमेरिकाको भन्दा बढी रहेको छर समग्र युरोपको मृत्यु समग्र अमेरिकाको भन्दा बढी पनि छ ।

तर यसलाई ठूला राष्ट्रहरुसंंग तुलना गर्दा भने सावधान हुनुपर्दछ ।

अमेरिकाको न्यूयोर्क राज्यको कोरोनाभाइरसको विनासको तस्वीर अमेरिकाको अन्य राज्यकोभन्दा फरक छ र अन्य देशहरुको सन्दर्भमा पनि त्यस्तै हुन्छ ।

इटालीको अवस्थालाई हेर्ने हो भने त्यहाँ कोरोनाभाइरसका दुई प्रकोप देखा पर्दछन् एउटा देशको उत्तरी भाग र अर्को दक्षिणमा ।

मृत्युदर यसका आधारभूत तथ्यांक कसरी संकलन वा गणना गरिन्छ भन्नेमा पनि भर पर्दछ । फ्रान्सको संख्यामा हेरचाह गृह र बेल्जियमको गणनामा शंकास्पद कोभिड घट्ना पनि समाविष्ट हुन्छ, जसले उनीहरुको संख्या निकै खराब भएको देखाउन मद्दत पु्र्याउछ ।

हालै अमेरिकामा भाइरसबाट मर्नेको संख्यामा भएको ठाडो उकालो भाइरसबाट हुने संभाव्य मृत्युलाई पनि समाविष्ट गरेकोले पनि देखिएको हो । अमेरिकाको रोग नियन्त्रण केन्द्रहरुले १४ अप्रिलमा उनीहरुले घट्ना गणनामा पुष्टि भएका र संभाव्य दुवै घट्ना र मृत्युसमेत समावेश गर्ने जनाएका थिए । संभाव्य घट्ना भन्नाले यस्ता घट्नालाई मानिएको थियो, जसले क्लिनिकल र प्रकोपको मापदण्ड त पूरा गर्दछन तर परीक्षणमा पुष्टि हुन सकेका छैनन् ।

परीक्षण प्रयासहरु वास्तविक मृत्यु र रोगको विस्तारको चित्रणका लागि महत्वपूर्ण हुन्छन् ।

अमेरिकाका उपराष्ट्रपति तथा कोभिड १९ को नियन्त्रण तथा रोकथाम र उपचार कार्यदलका प्रमुख माइक पेन्सले भन्नुभयो अमेरिकाले ४९ लाख जनाको परीक्षण गरिसकेको छ र सबै राज्यका गभर्नरसंगको समन्वयमा यसको दायरा विस्तार गरिदैछ ।

अमेरिकी कांग्रेसले बिहिबार पारित गरेको ४ खर्ब ८४ अर्ब डलरको आर्थिक राहत प्याकेजमा परीक्षण विस्तारमा पनि रकम विनियोजन भएको छ ।

अमेरिकाको संघीय सरकार(वाशिंटन)ले कोरोना भाइरसका कारण उब्जेको समस्या समाधानका लागि ल्याएको चौथो राहत प्याकेज हो र यसमा अस्पताल र साना व्यवसाय कर्जा कार्यक्रम पनि समाविष्ट छन् ।

जर्जिया राज्य जुन पुनखुला हुनेमा छ, त्यसमा हेयर र नेल शैलुन, स्पा, टाटू पार्लर र अन्य व्यक्तिगत हेरचाह व्यवासायहरु खुल्दैछन् । सोमबारबाट जर्जियामा रेष्टुराँ र फिल्म हलहरु पनि खुल्ने छन् ।

Barber shop in Atlanta

म जर्जियाका नागरिकहरु सुरक्षित रहुन भन्ने चाहन्छु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभएको छ म अवस्था विग्रेर भष्महुनेतिर जाओस भन्ने चाहान्न किनकी तपाईहरुले त्यस्तो निर्णय गर्दै हुनुहुन्छ जुन हाम्रो मार्गनिर्देशनमा छैन ।

जर्जियाका गभर्नर ब्रायन केम्पले राष्ट्रपतिको आलोचना पछि रेष्टुराँहरुको सरसफाई र सामाजिक दूरीका प्रावधानमा कडाई गर्नुभएको छ ।

कोरोना भाइरसको संभावित उपचारको निमित्त डिसइन्फेक्टेण्टहरु छर्केने सुझाव दिएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले थप आलोचनाको सामना गर्नुपरेको छ ।

विश्व स्वास्थ्य संगठनले डिसइन्फेक्टेण्ट छर्केर कोरोना भाइरसको जोखिम नघट््ने बताएको छ ।

Share Now

Leave a comment.