Prakash Adhikari May 16, 2020

काठमाडौं, ३ जेठ । आवागमनको लागि जिल्ला जिल्लामा दिइएको सवारी पास आजदेखि रद्द गरिएको गृह मन्त्रालयले जनाएको छ ।

पासको उपयोग गरी आवागमन गरेका मानिसहरूका कारण कोरोना संक्रमण बढ्दै गएको ठहर गर्दै गृह मन्त्रालयले यस पहिले जारी भएका सबै सवारी पास रद्द गरेको हो।

गृह मन्त्रालयले जेठ १ गते नै एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्न जारी गरेको सबै प्रकृतिका पासहरु रद्द गरिसकेको छ।

अर्को सूचना जारी नभएसम्म जिल्लाभित्र आवतजावत गर्न जारी गरिएको पास पनि आजदेखि रद्द गरिदिएको हो।अत्यावश्यक काम पर्नेले अब सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा कारण खुलाएर निवेदन दिएपछि मात्र सवारी पास प्राप्त गर्न सक्नेछन्‌। प्रमुख जिल्ला अधिकारीले उपयुक्त देखेमा मात्र पास जारी हुनेछ।

अर्को जिल्लामा जानुपर्ने भएमा जुन जिल्ला पुग्नुपर्ने हो, त्यहाँको जिल्ला प्रशासन कार्यालयको पनि अनुमति लिनुपर्ने छ भने काठमाडौं उपत्यका प्रवेश गर्ने पास चाहनेले गृह मन्त्रालयबाटै स्वीकृति लिनुपर्नेछ।

Share Now

Leave a comment.