काठमाडौं, १६ जेठ । विश्व कोरोना भाइरसको संक्रमणको महामारीले पिल्सिएको र नेपालमा पनि कोरोना भाइरसको संक्रमणमा परेका विरामीको सख्या बढ्दै गएको बेला बिहिबार अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/७८को लागि तयार पारिएको बजेट प्रस्तुत गर्नभयो ।
निरोगी नेपाल बनाउने नीति अन्तरगत ल्याइएको यो बजेटमा स्वास्थ्य क्षेत्रमा केन्द्रदेखि स्थानीय तहसम्म सबल पूर्वाधार बनाउने, दक्ष जनशक्ति र औषधी आपूर्तिको व्यवस्था गर्ने, स्वास्थ्य बीमा प्रभावकारी बनाउने लगायतका कार्यक्रम तर्जुमा गरी बजेट बिनियोजना गरिएको छ । यस क्षेत्रमा कुल ९० अर्ब ६९ करोड बजेट बिनियोजन गरिएको छ , जुन अघिल्लो बर्षको भन्दा २० अर्ब बढी हो । चालू आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रको बजेट ६८ अर्ब ७८ करोड रुपैयाँ थियो। नयाँ बजेटमा कोरोना संक्रमण रोकथाम र स्वास्थ्य प्रणालीमा सुधारशीर्षक अन्तरगत अर्थमन्त्रीले यस्ता कार्यक्रम राख्नुभएको छ :
- कोरोना महामारी लगायत संक्रामक तथा अन्य रोगबाट सिर्जना हुने स्वास्थ्य जोखिमको न्यूनीकरण गर्न रोगको रोकथाम,न्यूतीकरण र उपचारका लागि गणस्तरीय स्वास्थ्य सेवा, पूवार्धार विकास, औषधी एवम् उपकरण र दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीको सेवा विस्तार गर्न उच्च प्राथमिकता दिई स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट बिनियोजना गरेको छु।
- कोरोना संक्रमणलाई थप विस्तार हन नदिनका लागि उच्च जोखिमयुक्त क्षेत्रमा परीक्षणको दायरा बढाउन, गणस्तरयुक्त स्वास्थ्य परीक्षण सहितको थप क्वारेन्टाइन केन्द्रहरूको स्थापना गर्न, भरपर्दो उपचार सेवा प्रवाह गर्न र नागरिकमा सिर्जना भएको मनोवैज्ञानिक त्रासलाई सम्बोधन गर्न आवश्यक स्रोतको व्यवस्थ मिलाएको छु। कोरोना संक्रमण नियन्त्रण तथा उपचारको लागि तत्काल आवश्यक पर्नसक्ने औषधी, उपकरण तथा उपचार सामग्री कमी हन नदिन रु. ६ अर्ब बजेट व्यवस्था गरेको छु।
- चिकित्सक स्वास्थ्यकर्मी तथा प्रयोगशालामा काम गर्ने कर्मचारीका लागि व्यक्तिगत सुरक्षा उपकरणको व्यवस्थासहित सेवामा उत्प्रेरित गर्न प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु।
- कोरोना लगायत अन्य संक्रामक रोग विरुद्ध कायर्रत सबै स्वास्थ्यकर्मी लाई रु. ५ लाखसम्मको निःशल्क स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाएको छु।
- आगामी वर्ष काठमाडौ उपत्यकामा ३०० शैयाको सविधा सम्पन्न छुट्टै सरुवा रोग अस्पताल निमार्ण, काठमाडों उपत्यका र प्रदेश राजधानीका सरकारी अस्पतालमा थप २५० शैया आइसियूवेड स्थापना र सबै प्रदेश राजधानीमा ५० शैयाको सरुवा रोग अस्पताल सञ्चालन गरिनेछ। पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी, नारायणी, भरतपर, भेरी र डडेल्धुरा अस्पतालको स्तरोन्नति गरी विशेषज्ञ अस्पतालको रूपमा विकास गर्दै लगिनेछ।
- स्वास्थ्य पूवार्धार विकासका लागि रु. १२ अर्ब ४६ करोड विनियोजन गरेको छु।
- राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता विस्तार गरी अन्तर्राष्ट्रिय मापदण्ड अनरुपको बनाउन, सबै प्रदेश राजधानीमा अत्याधनिक स्वास्थ्य प्रयोगशाला स्थापना गर्न सबै स्वास्थ्य संस्थामा उपचार सेवाको लागि आवश्यक प्रयोगशाला बिस्तार गर्न तथा रोग निदान एवम् फार्मेसी सेवा अनिवार्य रूपमा सञ्चालन गर्न,विदेशबाट आउने व्यक्तिको अनिवार्य स्वास्थ्य परीक्षण गर्न प्रमुख प्रवेश नाकामा आवश्यक उपकरण सहितको स्वास्थ्य डेस्क स्थापना गर्न बजेट विनियोजन गरेको छु।
- गणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहँुच सुनिश्चित गर्न सबै स्थानीय तहमा ५ देखि १५ शैया सम्मका आधारभत अस्पताल स्थापना गर्ने नीति अनसार आगामी वर्ष थप २७२ अस्पताल स्थापना गर्न रु। १४ अर्ब २७ करोड र साबिकका जिल्ला तथा अञ्चल अस्पतालको स्तरोन् नीति गर्न आवश्यक बजेट व्यवस्था गरेको छु। एक चिकित्सक एक स्वास्थ्य संस्थाको व्यवस्था शुरु गरिनेछ। स्थानीय तहका स्वास्थ्य संस्थामा चिकित्सकको व्यवस्था गरि नसर्नेरोग जाँचसहितको आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन रु। ५ अर्ब१० करोड वित्तीय हस्तान्तरण गर्ने व्यवस्था मिलाएको छु।
- तीन वर्षभरिमा सबै नागरिकमा स्वास्थ्य बीमा पुग्ने गरी आगामी वर्ष सबै स्थानीय तहका ४० प्रतिशत जनसंख्यालाई बीमाको दायरामा ल्याइनेछ। स्वास्थ्य बीमा कार्यक्रममा आधारभत बाहेकका स्वास्थ्य सेवालाई पनि क्रमशः समावेश गर्दै लगिनेछ।
- स्वास्थ्य बीमा कार्यक्रममा रु। ७ अर्ब ५० करोड विनियोजनगरेको छु।
- सबै स्थानीय तहका स्वास्थ्य संस्थाबाट सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा तथा महिलाहरूमा हुने सर्भार्इकल र स्तन क्यान्सरजस्ता घातक रोग पहिचान र उपचारको लागि निःशल्क स्वास्थ्य परीक्षण गरिनेछ। सबै स्वास्थ्य संस्थाबाट पोषणका कार्यक्रम सञ्चालन गरिनेछ।
- आगामी वर्ष नेपाललाई पूर्ण खोपयुक्त मुलुक घोषणा गर्न आवश्यक बजेट व्यवस्था गरेको छु।विपन्न नागरिकलाई घातक रोग एवम् जेष्ठ नागरिक तथा बालबालिकाको मटुरोगको निःशल्क उपचार गर्न र क्षयरोग,एड्स तथा यौन रोग र कुष्ठरोग नियन्त्रण कार्यक्रम सञ्चालन गर्न रु. ४ अर्ब २२ करोड विनियोजन गरेको छु। केन्द्रीय अस्पतालबाट गरिब तथा विपन्न वर्गलाई प्रारिम्भक चरणको आकिस्मक स्वास्थ्य सेवा निःशल्क उपलब्ध गराउने व्यवस्था मिलाएको छु।
- त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तगर्त नेफ्रोलोजी तथा युरोलोजी लगायतका अन्य जटिल रोगको अध्ययन अध्यापन तथा तालिम सहित विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्न मेडिकल स्पेस्यालिटी केन्द्र स्थापना गरिनेछ। स्वदेशमै संक्रामक लगायत सबै प्रकारका रोगको परीक्षण गर्न दक्ष प्राविधिक तथा आधनिक उपकरण सहितको अन्तर्राराष्ट्रियस्तरको राष्ट्रिय रोग निदान केन्द्र स्थापना गरिनेछ।
- गंगालाल हृदय रोग केन्द्र, परोपकार प्रसुति अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र, कान्ति वाल अस्पताल र बीर अस्पताल लगायतका विशिष्टिकृत अस्पतालले स्थानीय तहका स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सकको सेवा सहित स्याटेलाइट तथा अन्य सेवा क्लिनिक सञ्चालन गर्न र विशेषज्ञ स्वास्थ्य सुविधा नपुगेका दुर्गम स्थानका बिरामीको लागि भरपर्दो टेलिमेडिसिन सेवा प्रणाली सञ्चालनमा ल्याउन बजेट व्यवस्था गरेको छु।
- मनमोहन कार्डियोथारासिक भाष्कुलर तथा ट्रान्सप्लान्ट केन्द्र, त्रिभुवन शिक्षण अस्पताल, वी.पी. कोइराला क्यान्सर अस्पताल,जी.पी. कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्र, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुरको दुवाकोटमा वीर अस्पतालकोविस्तारित सेवा सञ्चालन गर्न आवश्यक पूवार्धार विकासका लागि बजेट व्यवस्था गरेको छु।
- निरोगी नेपाल निमार्ण अभियान अघि बढाउन सुदृढ सार्वजनिक स्वास्थ्य सेवाका अतिरिक्त स्वच्छ र सन्तुलित आहार, शारििरक व्यायाम, सरसफाई सहितको स्वस्थ जीवनशैली अवलम्बन गर्न प्रोत्साहित गरिनेछ। आयुर्वेद लगायतका वैकिल्पक उपचार पद्धतिको प्रवर्धन गदै रोग प्रतितरोधात्मक क्षमता बढाउन तथा मानसिक स्वास्थ्य सम्वर्धन गर्न स्थानीय तह एवम सामुदायिक संघ संस्था समेतको सहभागितामा आरोग्य केन्द्र, व्यायामशाला रयोग केन्द्र सञ्चालन गरिनेछ।
- निजी क्षेत्रबाट सञ्चालित अस्पतालले निदान गर्ने सेवाको प्रभावकारी अनगुमन गर्दै विपद् तथा महामारीको समयमा निजी क्षेत्रका स्वास्थ्य संस्थालाई सरकारले उपयोग गर्नसक्ने व्यवस्था िमलाएको छु। निजी क्षेत्रबाट सञ्चालित अस्पतालका चिकित्सकले जिल्ला अस्पताल र स्थानीय तहका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा विशेषज्ञ सेवा उपलब्ध गराउनपर्ने व्यवस्था मिलाएको छु।
- नेपाल स्वास्थ्य अनसन्धान परिषद्लाई संक्रामक रोग नियन्त्रणको समेत अनुसन्धान गर्न सक्षम निकायको रूपमा विकास गर्न ,नेपाल औषधी लिमिटेडको क्षमता विस्तार गर्ने तथा स्वास्थ्य संस्थामा अतिआवश्यक औषधीको मौज्दात निरन्तर कायम राख्ने व्यवस्था मिलाएको छु।
- मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको परिवारलाई उपलब्ध गराउँदै आएको निःशल्कु स्वास्थ्य बीमालाई निरन्तरता दिंदै यातायात खर्च दोब्बर गरेको छु। स्थानीय तह,गैर सरकारी संस्था तथा सामुदायिक क्षेत्रको सहकार्यमा महिला स्वास्थ्य स्वयंसेविकाको समेत परिचालन गरी सरसफाई, स्वास्थ्यसचेतना र स्वास्थ्य बीमाको अभियान चलाउने व्यवस्था मिलाएको छु।
- कान्ति बाल अस्पतालमा थप आइसियू सहितको पूर्वाधार निमार्ण गरी उच्च शिक्षा अध्ययन गर्नै उत्कृष्ट केन्द्रको रूपमा विकास गर्न शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा बाल मुटु रोग उपचार सुविधा शुरु गर्न तथा थप उपकरण खरिद गर्न र स्वास्थ्य संस्थाका भवन निमार्ण गर्न बजेट व्यवस्था गरेको छु।
- राजमागर्का बढि दुर्घटना हुने क्षेत्रमा रहेका अस्पतालमा ट्रमा सेन्टर स्थापना गर्न र मुलुकभर एउटै फोन नम्बरमा सम्पर्क गरी बरामीले सहज र सुलभरूप एम्बुलेन्स सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरिनेछ।
- स्वास्थ्य क्षेत्रका आयोग, प्रतिष्ठान, काउिन्सल, अनसन्धान केन्द्र र अस्पताल सञ्चालनमा एकरूपता ल्याई व्यविस्थत गर्न क्षेत्रगत एकीकृत छाता ऐन तर्जुमा गरिनेछ। स्वास्थ्य सेवाको वर्तमान दरबन्दीलाई पुनरावलोकन गरी स्वास्थ्यकर्मीको संख्या थप गर्न, सेन्टर फर डिजिज कन्ट्रोल, फुड एण्ड ड्र्ग एड्मिनिष्ट्रेशन र राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापनाको लागि प्राररम्भिक कार्य शुरु गर्न बजेट व्यवस्था गरेको छु।
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट वृद्धि गरी रु. ९० अर्ब ६९ करोड पुर्याएको छु।


















