काठमाडौं,२७ जेठ । राजधानीको मुख्य ब्यापारिक केन्द्र मानिएको न्यूरोडमा ब्यवासायीहरुले खोलेका पसलहरु प्रहरीले बन्द गराएको छ।
मंगलबार बिहान पसल बन्द गराउँदै हिँडेको प्रहरी टोली र व्यापारीहरुबीच न्यूरोडमा झडप नै भएको छ ।
लकडाउन बढ्दै गएको र सरकारले ब्यवसायीहरुलाई राहत तथा उद्धारको प्रोत्साहन प्याकेज पनि दिन नसकेको र राजधानीमा कोरोनाको प्रकोप गम्भीर तथा चरम स्थितिमा पनि नपुगेकोले नियमित रुपमा व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग उद्योगी र ब्यापारीहरुले राख्दै आएका छन् ।
https://www.facebook.com/tvannapurnaofficial/videos/197654481363742/
केही समय पहिले उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँगको छलफलमा नसावधानी अपनाएर विस्तारै व्यवसाय सञ्चालन गर्न दिने सहमति भएको थियो ।
सो सहमति अनुरुपको सिफारीस कोरोना संकट निवारणको लागि उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बनेको उच्च स्तरीय समितिमा पठाउने निर्णय पनि भएको थियो ।
व्यवसायीहरुले सरकारले कुनै विकल्प नदिएको बताउँदै जेठ २२ देखि बिहान पसल खोल्न सुरू गरेका थिए ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु र व्यवसायीबीचको सौहाद्रपूर्ण छलफल र व्यवसाय खोल्ने सहमतिपछि बौद्ध लगायतका क्षेत्रमा अहिले पसल निर्वाध रुपमा सञ्चालन भइरहेका छन् ।
तर, न्यूरोडका प्रहरी अधिकृतहरुले माथिबाट कुनै नयाँ आदेश नआएको बताउँदै मंगलबार बिहानैदेखि पसल बन्द गराएका छन् ।
आफनो व्यवसाय गरि खान पाउने मौलिक हक कायम गराउन उद्योग र वाणिज्य क्षेत्रको बर्तमान नेतृत्व असक्षम रहेको भन्दै आलोचना पनि गर्नुभएको छ ।
https://www.facebook.com/bhaskarraj.rajkarnikar.58/posts/1605258732982900
उहाँले २०६७ सालमा नेकपा माओवादीको आह्वानमा भएको देशव्यापी बन्दको शान्तिपूर्ण जुुलुस निकालेर अवज्ञा गरिएको इतिहास स्मरण गर्दै त्यस्तै प्रयास गर्न उद्योग र वाणिज्य क्षेत्रको वर्तमान नेतृत्वलाई सुझाव दिदै नसके कुर्सी छोड्न चुनौति पनि दिनुभएको छ ।



















