Prakash Adhikari June 10, 2020

काठमाडौं, २८ जेठ । सरकारले चैत्र ११ गतेदेखि देशभर लागू भएको लकडाउन बिहीबारदेखि खुकुलो बनाउने निर्णय गरेको छ।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बिहीबारदेखि लागु हुनेगरी पसल खोल्न दिने र मोटरसाइकलमा एक जनामात्र चढ्ने, नीजि कारहरुमा चालकबाहेक दुईजना यात्रा गर्नेगरी चलाउन सबैलाई खुला गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्मा काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरूमा जोर विजोर प्रणाली लागू गरेर सवारी सञ्चालन गर्ने दिने सम्बन्धमा पनि छलफल भएको थियो । यस सम्बन्धी विस्तृत विवरण बिहिबार सार्वजनिक गरिने बताइएको छ ।

भीडभाड नहुने उद्योग, व्यवसाय र पसलहरु खुला गर्ने भएकोले सरकारले खाद्य तथा पेयको कारोबार गर्ने रेष्टुरेन्टहरुमा टेक अवे सर्भिस ( तयारी खाना लैजाने सेवा) पनि खुला गर्न दिने भएको छ।

सरकारले सरकारी कार्यालय असार १ गतेदेखि पूर्णरुपमा सञ्चालन गर्ने निर्णय गरेको छ।

सरकारलले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, ब्यापारमा खुकुलो नीति लिने निर्णय गरेको छ ।

विद्यालय तथा शैक्षिक प्रतिष्ठान र सिनेमा हल जस्ता अधिक संख्यामा भीडभाड हुने व्यवसायिक क्षेत्र भने तत्काल खुल्ने छैनन् ।

भारतसहित विदेशबाट आउने नागरिकहरुलाई निगरानी गरी कोरोना परीक्षण, क्वारेन्टाइनको समुचित व्यवस्था र संक्रमितलाई आइसोलेसन र उपयुक्त उपचार प्रदान गरेमा बाँकी स्वदेशमा रहेका नेपालीलाई आर्थिक गतिविधिमा सक्रिय हुन दिन उपयुक्त हुने माग सहित विभिन्न क्षेत्रबाट लक डाउन खुकुलो बनाउन सरकारमाथि दबाब परेपछि सरकार लक डाउन खुकुलो बनाउन अग्रसर भएको हो ।

राजधानी सहित विभिन्न स्थानका व्यापारीहरुले लडडाउनको अवज्ञा गर्दै जीविकोपार्जनको लागि पसल खोल्न थालेपछि सरकार र प्रशासनमा थप दबाब परेको थियो ।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड १९ संक्रट व्यवस्थापन समिति (सीसीएमसी)ले असार १ देखि लकडाउन खुुकुलो बनाउदै छ चरणमा भदौंको तेस्रो सातामा लकडाउन पूर्णत हटाउने प्रस्ताव कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामको लागि बनेको उच्च स्तरीय समितिसमक्ष पेश गरेको थियो ।

सरकारले सोही योजनासंग तालमेल मिलाएर लकडाउन खुकुलो पार्ने कार्यक्रम सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । सरकारले यस सम्बन्धी निर्णय भोलि बिहिबार सार्वजनिक गर्ने बताइएको छ ।

Share Now

Leave a comment.